१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतको नेपाल माथि हेपाहा प्रबृति, बनायो सिमा स्तम्भको आधारभागमै सडक

प्रकाशित मिति :  २३ कार्तिक २०८०, बिहीबार ११:२५


काठमाडाैं । भारतको नेपाल माथिको हेपाह प्रवृति फेरि पनि देखिएको छ । बनाउनै नहुने ठाँउमा सडक बनाएर कालोपत्रे गरेर भारतले नेपालमाथिको हेपाह प्रबृति देखाएको हो ।

अहिले भारतले कञ्चनपुरको गड्डाचौकीनजिकैे दशगजा मात्रै होइन, सीमा स्तम्भको पनि आधार भागसम्मसडक कालोपत्र गरेको छ । यो सडक कालोपत्रे गर्ने काम भने गर्नै नहुने काम हो । यस्तो ठाउँमा सडक बनाएर कालो पत्रे गर्ने गर्नु नहुने र गर्नै परे दुबै पक्षको सहमति लिएर गर्नु पर्ने हो । तर भारतले आफ्नै बल मिच्याई सो सडक कालोपत्रे गरेको हो ।

भरतीय पक्षले गड्डाचौकीस्थित ८०५ नं. सीमास्तम्भसम्मै सडक कालोपत्रे गरेको छ । गड्डाचौकीदेखि सीमावर्ती भारतको बनबासासम्म जाने उक्त सडक भारतको सडक विभागले यसैसातादेखि कालोपत्रे गर्न थालेको हो । उक्तक्षेत्रमा यसअघि पनि कालोपत्रे सडक नै थियो । विगतमा सीमा स्तम्भभन्दा एक÷डेढ मिटर टाढा भए पनि यस पटक भने स्तरोन्नतिको नाममा सीमा स्तम्भको आधाभागसम्मै कालोपत्रे गरिएको छ ।

सीमा क्षेत्रमा भौतिक संरचना निर्माण गर्दा दशगजालाई यथावत अवस्थामा राखेर गरिन्छ । कुनै संरचना निर्माण गर्नैपर्ने भए पनि दुवै देशका तर्फबाट सहमति र समन्वयमा मात्रै गरिन्छ । तर यहाँ भारतीय पक्षको दादागिरी अति नै बढेको देखिन्छ । भारतीय पक्षले नेपालतर्फ सडक निर्माणदेखि विभिन्न किसिमका भौतिक संरचना निर्माणमा अवरोध गर्दै आएको छ । हुलाकी सडकअन्तर्गत कञ्चनपुरकै बेलौरी नगरपालिका–८ को पचुईमा एसएसबीको अवरोधको कारण एक किलोमिटर सडक निर्माणको काम रोकिएको छ ।

केही वर्षअघि भीमदत्त नगरपालिकाको ब्रम्ह्देवमा नगरपालिकाले सडक कालोपत्रे गर्न खोज्दा एसएसबीले नै रोकेको थियो । भारतीय पक्षले ठाउँ–ठाउँमा विवाद झिकेर निर्माणमा अवरोध गरेको थियो ।

तर अहिले भारतले भने सीमास्तम्भको आधार भागसम्म सडक कालोपत्र गरेको छ ।



प्रतिक्रिया दिनुहोस !