१६ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

राहत सामाग्री बाेकेर नेपाल आइपुग्याे चिनियाँ सेनाकाे जहाज

प्रकाशित मिति :  २२ कार्तिक २०८०, बुधबार ०६:३३


पाेखरा । भूकम्प पीडितहरुका लागि चीन सरकारले उपलव्ध गराएको राहत सामग्री लिएर चिनियाँ सेनाकाे जहाज नेपाल आइपुगेकाे छ ।

राहत सामग्री लिएर आएकाे जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे हाे ।

चीन सरकारले नेपालका भूकम्प पीडितहरूका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री दिने घाेषणा गरेकाे थियाे ।

साेही राहत सामाग्री लिएर चिनियाँ सेनाकाे जहाज नेपाल आइपुगेकाे हाे ।

चीनले टेन्ट, ब्ल्यांकेट लगायत राहत सामग्री दिन लागेकाे हाे । चीन–साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाईज रिजर्भबाट दिन लागिएको साे राहत सामग्री नेपाल आइपुगेकाे छ ।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रबिन्दु गत शुक्रबार राति ६ दशमलव ४ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे ।

साे भूकम्पबाट जाजरकाेट र रुकुम पश्चिममा जनधनकाे ठूलाे क्षति भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !