२५ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘विश्वमा नेपालकाे संस्कृति र परम्परा चिनाउन जरुरी’

प्रकाशित मिति :  २१ कार्तिक २०८०, मंगलवार १४:४९


-लक्ष्मण तिमिल्सिना-

जापान । आगन र बारीभरी सयपत्री फूल र मखमलीले ढलिमलि गर्न थाल्नेबेला भयाे । सहर मात्र हाेइन गाउँ पनि उज्याला बत्तीले झिलिमिलि हुने बेला भयाे । यतिबेला साथिभाई भेला र देउसी भैलि टाेलि बन्न थाल्थे । यस पटक मेराे त्याे गाउँमा तिहारकाे कस्ताे राेचक आउँदै छ भन्नेकुरा म सुन्न मात्र पाउने ठाउँमा छु । अनुभव गर्ने अवस्थाबाट म निकै टाढा छु ।

नेपालीहरुकाे दाेस्राे महान चाड तिहार नेपालमा लागि सक्याे । नेपालकाे संस्कृति, परम्परा र विविधता विश्वमै उत्कृष्ट छ । नेपालकाे जस्ताे समानता विश्वका कुनै देशमा देख्न पाइँदैन । देशमा तिहार लागेकाे छ । जापानमा उजाड छ । हाल म जापानकाे फुकाेउका बाट देशकाे तिहार सम्झँदै छु ।

महिनै पहिले देखि घरकाे आँगन र घरबारी फूलले ढकमक हुन्थ्याे । सहरमा रहेका सबै जना अब गाउँ फर्कने बेला हुन्थ्याे । तिहार सहरबाट गाउँ गएपछि मात्र लागे जस्ताे लाग्थ्याे । गाउँकाे रमाइलाे जसरी दिदिबहिनीले तिहारमा एकएक फूलले पुरा माला बनाउँछन् । त्यस्तै विविधतामा एक हुन्थ्याे ।

सबै जातजाती, धर्म र सबैकाे संस्कृति एक ठाउँमा हुन्थ्याे । याे टाढाकाे सहरबाट हेर्दा केही नदेखिने रैछ । प्राविधिक युगमा प्रविधिकाे प्रयाेगकाे पनि अर्थ नहुने रैछ । तिहार सम्झँदै मन भारी भएर आउँछ । दशैं पनि त्यस्तै बित्याे । न टिका न जमरा पराईकाे देशमा पराईकाे दास बनि गयाे ।

देशकाे माया, परम्परा र संस्कृति विश्वकाे कुनै पनि कुनामा पुगेपनि सधैं साथमै रहने रहेछ । जब यस्ता चाड आउँछन् । हरेक परदेशीकाे मन चसक्क पाेल्दाे हाे । मेरै जसरी…

नेपालमा तिहारकाे रमाइलाे काग तिहार, कुकुर तिहार, लक्ष्मी पुजा, गाेबर्धन पुजा अनि भाई टीकाका साथै भैली र देउसी आहा सम्झिँदै मनै आनन्दिन हुने ।

अघिल्लै वर्षकाे देउसी भैली सम्झनामा छन् । कति रमाइलाे भएकाे थियाे,जुन शब्दले वर्णन गरेपनि अब कम हुन्छ । किनकी यसपटक त्याे रमाइलाे देखि म टाढा हुनेछु । देशका

तर आजकालकाे तिहार नेपालमा पनि पहिले जस्ताे नहाेला । युवाले विदेश राेज्न थाले । युवा विहिन हुँदै गएकाे नेपालमाे पहिले जस्ताे राैनक अलि नहाेला नै । तर यस्ता परम्परा लाेप हुने चिन्ता हरेक परदेशीयका म जस्ताे युवालाई चाहिँ हुने छ ।

विश्वकै शक्तिशाली राष्ट्र मध्ये एक अमेरीका, क्यानडा र अष्ट्रेलिया जस्ता देशमा पनि देउसी भैलीमा मजाले रमाउने गरिन्छ । अमेरीकामा देउसी भैलीकाे संस्कृति विस्तार गर्ने मुख्य नागरीक हुन्- भूटानी नागरिक । जब भूटानी नागरिक नेपालमा शरणार्थी बनेर आए । शिविरमा बसेर नेपालकै रहनसहन र संस्कृति परम्परा सिक्ने माैंका पाए । आज उनिहरुलाई अमेरिकाले लग्याे । नेपाल उनिहरुले छाेडे । तर नेपालमा सिकेकाे संस्कृति र परम्परा उनिहरुले छाेड्न सकेनन् । त्यसैले अमेरीकामा अहिले नेपालमा मनाइने हरेक चाड मजाले मनाइन्छ । विशेष तिहारमा देउसी भैली त झनै मजाले खेलिन्छ ।

अमेरीकामा मात्र हाेइन । नेपालबाट क्यानडा, अष्ट्रेलिया र पाेर्चुगल पुगेका नेपालीले पनि तिहारलाई विशेषरुपमा मनाउने गरेकाे पाइन्छ । क्यानडामा नेपाली संस्कृति मात्र हाेइन । नेपाली भेषभुषा र खाना परिकारका लागि पनि विभिन्न इभेन्टहरु हुने गर्छन् । याे हाम्राे एउटा पहिचान हाे ।

विश्वकाे विभिन्न देशमा रहेका नेपालीले मात्र हाेइन, केही वर्ष नेपालमा विताएर अमेरिका पुगेका भुटानी शरणार्थीले समेत नेपाली संस्कार, सस्कृति र परम्परालाई अपनाएका छन् । याे नेपाली समाजकाे एक अद्भुत पहिचान हाे । याे नै नेपाली समाजकाे एक उदाहरण हाे ।

जापानकाे कुनै ठाउँमा देउसी भैली खेलेर रमाइलाे गरिन्छ भन्ने मैंले सुनेकाे छैन । विश्वका अन्य मुलुक जस्तै यहाँ समयलाई बढि महत्व दिइन्छ । हुन त अन्य देशमा जस्ताे यहाँ नेपालीमा एकतापन नहुनु यहाँ नेपाली संस्कृति झल्कन नसक्नुकाे प्रमुख कारण हुन सक्छ । तर यसकाे अब परिवर्तन जरुरी छ । किनकी हाम्राे परम्परा र संस्कृति हामीसँगै हुनुपर्छ । हामी विश्वकाे जुनसुकै कुनामा भए पनि यसकाे उजागर गर्नु पर्छ । अनि मात्र विश्वमाझ हामी हाम्राे परम्परा र संस्कृतिलाई परिचित गराउन सक्छाैं ।

नेपालमा पनि युवा पलायनले गर्दा यस्ता संस्कृति लाेप हुने अवस्थामा छन् । आधुनिकताले खाएकाे समाजमा मादल, झ्यालीझ्याम्टाकाे प्रयाेग घट्दाे क्रममा छ । देउसीभैलीकाे सुर ताल नै हराउने अवस्थामा छ । यसकाे जगेर्ना गर्नु युवाशक्तिकाे मुख्य दायित्व थियाे । तर, देशकाे अवस्था र परिस्थितिले अहिले युवा विदेशीने क्रम एकदमै बढ्दाे छ । यस्ता संस्कृतिलाई बचाइराख्न जहाँ पुगे पनि सकेकाे गर्दै गर्नु पर्ने अवस्था आएकाे छ ।



प्रतिक्रिया दिनुहोस !