२७ भाद्र २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

साइबर प्रदूषणमा मिसियाे ‘याैन र ब्यालमेलिङ’

प्रकाशित मिति :  २१ कार्तिक २०८०, मंगलवार ११:४७


काठमाडौं । केही क्यामेरासहितका युट्युबे भेला गरेर समाजमा अराजकता पैदा गर्ने अनैतिक क्रियाकलाप अहिले नेपाली समाजमा बढ्दो देखिएको छ ।

आफूलाई सामाजिक अभियान्ताका रुपमा चिनाउने केही व्यक्तिहरुको समूह यस्ता कार्यमा अहिले एकदमै सक्रिय देखिएको छ ।

अर्काको खेदो खन्ने, नभएका स्याल हुँईया गाउँदै हिड्ने जस्ता कार्यले समाजमा नकारात्मक क्रियाकलाप एक समूहले फैलाउँदै आएको छ ।

त्यो समूहका मुख्य नाइकेका रुपमा अहिले झापाका दुर्गा प्रसाईं देखिएका छन् । समाजलाई कहिले राजनीतिक प्रभावका रुपमा अराजकता पैदा गराउँदै आएका प्रसाईं धार्मिक तथा सामाजिक सद्भाव भड्काउन पनि सक्रिय देखिएका छन ।

प्रसाईंकै टिममा रहेर काम गरिरहेका केहि युट्युबे र आफ्नो नाममा सामाजिक अभियान्ताको कथित प्रयोग गर्दै आएका सर्मिला वाइवा, तारा बराल जस्ता व्यक्तिहरु पनि देशमा विवेद फैलाउने काममा सक्रिय छन् ।

यी व्यक्तिहरु प्रचारमा आउन जुन हदसम्म गिर्न पनि तयार रहन्छन् । तारा बराल बारम्बार चर्चामा आइरहेको नाम हो । हुँदै नभएका वा हुँदै नहुने विषय उठाएर अराजक कार्य गर्ने र चर्चा कमाइरहने बरालको काम नै हो भन्दा पनि हुन्छ ।

देशका उच्चपदस्थ देखि लिएर नाम कमाएका चर्चित व्यक्तिहरुको विभिन्न पोल खोल्दिने भन्दै बार्गेनिङ् गर्ने र मिले ठिकै नमिले मुद्दा मामिला सम्म जाने बरालको दैनिकी जस्तै हो ।

सर्मिला वाइवा ऋषि धमलासँग नाम जोडिए देखि ठूलो चर्चामा आइन् । ऋषि धमलासँग अनैतिक सम्बन्ध राखेको भनेर ऋषि धमलाको चरित्रहत्या गर्न हात धोएर लागिन । अन्तिममा केहि नलागेपछि सबै झुट हो भनि माफि पनि माग्न भ्याइन ।

चलेका व्यक्तिहरुसँग बार्गेनिङ् गर्ने र नमिलेको खण्डमा त्यस्ता व्यक्तिको चरित्र हत्या गर्ने सम्मको काममा वाइवा सक्रिय छिन् । ऋषि धमलासँगको चर्चामा माफ मागेसँगै आफूलाई पत्रकार भएको भन्दै युट्युबे बनेर पनि वाइवाले निकै तहल्का मच्याइ रहेकी छन् । क्यामेराकै अगाडि गेष्टलाई हातपात गरेर होस् या निउ खोजेर होस् उनी सधैं चर्चामा कसरी आइन्छ भन्नेमा हुन्छिन ।

दुर्गा प्रसाईं मेडिकल व्यवसायी भनिन्छन् । तर, प्रसाईंको काम व्यवसायीको छैन । आम नागरिकलाई धम्क्याउने, थर्काउने देखि असुली सम्ममा सक्रिय छन् प्रसाईं । नेपालका केही राजनीतक दलमा समेत रहेर केही वर्ष काम गरेका प्रसाईं केपी ओली र पुष्पकमल दाहाल ुप्रचण्डुलाई मार्सिको चामलाको भात खुवाए पछि अझैं धेरै चर्चामा आएका थिए ।

राजनीतिक दलको आडमा बसेर नराम्रा कार्य गर्दै आएपछि राजनीतिक दलले कारबाही गरे । प्रसाईंलाई कुनै राजनीतिक दलले पत्याएनन् । केही समय अघि ुराजा आउ देश बचाउु भन्दै राजावादी बनेका प्रसाईंलाई अहिले पूर्वराजाले पनि छोडेको बताइन्छ । पूर्वराजाले वास्ता गर्न छोडेसँगै प्रसाईं बैंकमाथि खनिन पुगे बैंकबाट लिएको ऋण तिर्दिन भन्दै धम्क्याउँदै हिडिरहेका छन ।

ऋण लिएका अन्य आम नागरिकलाई पनि यस्तै नजरबन्धमा राखेर ऋण नतिर्न आग्रह गर्दै आएका छन् । तर, यसको परिणाम पछि के आउँछ भन्ने थाहै नभएका आम नागरिक प्रसाईंको पछि लाग्नाले नराम्रोसँग फस्ने संकेत देखिन्छ ।

पार्टीबाट निस्कासनमा परेदेखि नै नेताहरुको खेदो खन्दै आएका प्रसाईंको रुप अझैं चर्कोदो छ । खासगरि नेकपा एमालेलाई ठाडो प्रहार गरिरहेका प्रसाईं ठूलै खुलासा गर्ने धम्की दिन्छन । तर, त्यो धम्की अहिले सम्म धम्कीमा मात्र सिमित छ । यसको प्रमाण प्रसाईंसँग केही नभएकाले त्यो बोलिमा मात्र सिमित छ ।

यी र यस्ता सामाजिक अराजक फैलाउने कार्यमा यी पात्रको साथ दिइरहेका छन् यिनै गिरोहका केहि युट्युबेले । यो गिरोहले केहि बोल्ना साथ हालिहाल्ने गिरोह भित्रनै केहि थान युट्युबे छन् । यिनिहरुले बोलेका कुरा बाहिर ल्याउने तिनिहरु नै हुन ।

प्रसाईंको आडमा बसेर युट्युबलाई नै कमाइ खाने भाँडो बनाएका युट्युबे पनि छन् । ति मध्ये मुख्य युट्युबे हुन् मनोज मानव । यी व्यक्ति पनि निकै पटक चर्चामा आइसकेका छन् । फेरि एक पटक दुर्गा प्रसाईं र प्रसाईंको गिरोह र यी युट्युबे फेरि चर्चामा आएका छन ।

केही दिन अघि व्यवसायी दुर्गा प्रसाईको योजनामा युट्युवर मनोज मानवले एमाले नेता र एक महिलाको सम्बन्धको बारेमा इडिट गरी गलत भिडियो बनाई सार्वजनिक गरेका थिए ।

भिडियो सार्वजनिक भए लगतै भिडियोमा भएकी महिलाले आफ्नो मानमर्दन, व्यक्तिगत जीवनयापन, सामाजिक जीवन, अपराधिक, गैरकानुनी कार्य गरेको भन्दै साईवर व्युरोमा उजुरी दिईन ।

उजुरीको बारे छानविन भइरहेको प्रहरी बताउँछ । प्रहरीको छानबिनबाट सो भिडियो इडिट गरि बनाइएको स्रोतले बताएको छ ।

यसैबीच पिडित महिलाले एक अन्तर्वातामा केही समय अघिदेखी प्रविधिको दुरुपयोग गरि फेक र गलत भिडियो बनाई महिलाको चरित्र हत्या गर्ने, हिंसा गर्ने, पिडा दिने र मर्न बाध्य पार्ने जस्ता जघन्य अपराधिक कार्यमा लागेका दुर्गा प्रसाईं, बिनय जुङ्ग थापा, दिपक खडका, मनोज मानव, शर्मिला वाइवा, आसा भारती, नबिन गैरे, कपिल शाही, जानकी सुनुवार लगायतका व्यक्तिहरु हात धोएर लागेको बताएकी छन ।

एमाले नेतासँग मेरो सम्बन्धको बारेमा गलत र नियोजित रुपमा इडिट गरेर भिडियो बनाई सामाजिक सञ्जालमा ल्याइएको उनको भनाइ छ ।

एमाले नेतासँग मेरो सम्बन्धको बारेमा गलत र नियोजित रुपमा इडिट गरेर भिडियो बनाएर आफ्नो चरित्र हत्या गर्न मात्र नभएर मर्न नै बाध्य बनाउन लगाइएको बताउँदै पिडित महिलालो कानुनी उपचारको लागि प्रकृया अगाडी बढाएको बताएकी छन ।

दिन रात फोन गरेर मनोज मानवले आफूलाई धम्क्याउँदै दवाव र अपशब्द भन्ने गरेको उनको गुनासो छ ।

सोही भिडियोको आडमा एमाले नेतालाई पनि मानोज मानवले ठूलो धनराशी पैसाको बार्गेनिङ् गरेको समेत खुलेको छ ।

यसरी कथित सामाजिक अभियन्ता र एकथरी युटुबरले समाजमा आतंक फैलाइरहदा पनि सरकार माैन छ । सरकार यसरी माैन वस्नुले सरकारले नै यस्ता कामलाई प्राेत्साहन त गरिरहेकाे छैन ? भन्ने प्रश्न पनि सरकार तिर तेर्स्याउन सकिने अवस्था छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !