जाजरकोटको रामिडाँडामा ५.८ रेक्टरको परकम्प
प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार ११:४३
![](https://i0.wp.com/www.risingsunkhabar.com/wp-content/uploads/2023/11/earth-quick-scaled.jpg?fit=2560%2C1350&ssl=1)
भेरीगङ्गा । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ ।
आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।
–रासस
0
Shares