१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेको चियापान कार्यक्रममा देउवा

प्रकाशित मिति :  १५ कार्तिक २०८०, बुधबार ११:४६


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार आयोजना गर्नुभएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यक्रमको मञ्चबाट सांकेतिक रूपमा नयाँ सन्देश दिनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २ः३० बजे तिर कार्यक्रम स्थलमा पुगेर निस्किएको केहीबेरमा कांग्रेस सभापति देउवा एमाले केन्द्रीय कार्यालय च्यासल पुग्नु भएको थियो । कार्यक्रम स्थलमा एमाले अध्यक्ष केपी ओलीले देउवालाई निक्कै हार्दिकतापूर्वक स्वागत गर्नुभएको थियो ।

दुई नेताले लामो समयसम्म हात मिलाएर फोटो खिचाउनुभएको थियो । त्यस्तै सहभागीलाई अभिवादन गर्दै दुवै नेताले लामोसम्म हात हल्लाउनुभएको थियो । ओलीले हात हल्लाउन छाडिसक्दा पनि कांग्रेस सभापति देउवा भने सहभागीलाई मञ्चबाट हात हल्लाउँदै हुनुहुन्थ्यो ।

एमाले अध्यक्ष ओलीको तर्फबाट बडादशैंँ, तिहार, नेपाल संवत्, छठ लगायतका पर्वका अवसरमा बुधबार पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पार्टी नेता, कार्यकर्ता, शुभचिन्तकका साथै विभिन्न राजनीतिक दलका नेता र विशिष्ट पाहुनाहरूको उल्लेख्य उपस्थिति रहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !