८ जेष्ठ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी

प्रकाशित मिति :  १५ कार्तिक २०८०, बुधबार ११:४४


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोजना गर्नुभएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी हुनुभएको छ ।

बुधबार दिउँसा १२ः३० बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको कार्यक्रममा प्रधानमन्त्री दाहाल २ः३० बजेपछि पुग्नु भएको थियो । चियापानका लागि १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई तथा २ः३० बजेपछि विशिष्ट पाहुनालाई आमन्त्रण गरिएको थियो ।

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट बडादशैंँ, तिहार, नेपाल संवत्, छठ लगायतका पर्वका अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक तथा पाहुनाहरूको उल्लेख्य उपस्थिति रहेको छ ।



प्रतिक्रिया दिनुहोस !