९ जेष्ठ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले मधेश प्रदेश अधिवेशन: अध्यक्ष हुने दौडमा रेवती पन्त

प्रकाशित मिति :  २० आश्विन २०८०, शनिबार ०२:०८


सर्लाही । असोज २४ र २५ गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने एमाले मधेश प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारीसँगै नेतृत्व चयनको वहस सुरु भएको छ । मधेश प्रदेशको अध्यक्षको लागि ठुला नेताहरुले प्रतिष्ठाको लडाई वनाउने प्रष्ट देखिएको छ ।

अन्य प्रदेशमा झै यहा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको चासो रहने निश्चित छ । तर ओलीको संकेत कसलाई आउला भन्ने अहिलेसम्म अन्यौल नै छ ।

त्यस्तैमा सर्लाहीवाट उठेका एक जना प्रदेश स्तरीय नेता रेवती पन्त पनि मधेश प्रदेश कमिटीको अध्यक्ष हुन लिगलिगे दौडमा सामेल हुनु भएको छ । पन्तले अध्यक्षमा आफ्नो दावी स्वभाविक भएको र आफु सर्वसम्वत हुने विश्वासमा रहेको बताउनुभयो ।

क्षमता, कार्यशैली र संगठनात्मक ज्ञानमा रेवती पन्त मधेश प्रदेशमा अव्वल नै मानिनुहुन्छ तर पन्तलाई मधेश प्रदेशको अध्यक्ष वन्न ठुलै चुनौति देखिएको छ ।

पन्त कामकाजी नेता भए पनि ठुला ठुला नेताले प्रदेश अध्यक्षमा आकांक्षा देखाएकोले पन्त छायामा पर्नेे संभावना भएको सर्लाही कै प्रतिनिधि चूडामाणि वाग्लेको धारणा छ ।

पन्त प्रदेश कमिटीको वर्तमान उपाध्याक्ष हुनुहुन्छ । उहाँ सर्लाही जिल्ला कमिटीको दुई कार्यकाल र नेकपा हुदा समेत गरि तीन कार्यकाल अध्यक्ष हुनुहुन्थ्यो । विभिन्न जिम्मेवारीमा रहदा पन्तले पाएको जिम्मेवारी पुरा गर्न सक्ने क्षमतावान नेताको छवि वनाउनु भएको छ । उहाँले नेपाल खेलकुद महासंघ, युवा, विद्यार्थी सहित जनसंगठनको केन्द्रीय भूमिका पनि निभाउनु भएको थियो ।

मधेशका ८ वटै जिल्लामा पन्तको राम्रो सम्पर्क छ । रेबती पन्त मधेश वुझेको र संकटमा समाधान दिन सक्ने नेता भएको सर्लाहीका अर्का प्रतिनिधि संजिब सिंहले वताउनुभयो ।

मधेस प्रदेशमा मधेसी नै अध्यक्ष हुनुपर्ने पनि कतिपयको मान्यता छ । तर निर्बाचन भएमा यस्तो दाबीको अर्थ रहन्न । मधेशको अन्तरविरोधलाई पनि समन्वय गरेर लान पन्तमा खुवी भएको जानकारहरु वताउछन ।

मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले पार्टीको मुल नेता केपी ओली भएकाले अध्यक्षको निर्देशन कार्यान्वयन गर्नेबाहेक मधेशमा अरु गुट बनाउने वा कसैलाई च्यापेर अर्कोलाई बोक्ने नीति नलिने वताईसक्नु भएको छ र उहाँले नेतृत्व सर्वसम्वत हुन नसके स्वच्छ रुपमा निर्वाचन गराईने जानकारी पनि दिनुभएको छ ।

मधेश प्रदेशका दुई नेताहरु संसदीय दलका नेता सरोज यादव र केन्द्रीय सचिव रघुवीर महासेठले पनि आआफ्नो नजिकको नेतृत्व मधेश प्रदेशमा ल्याउन खोजेको सवैले वुझेका छन ।

पोलिटव्युरो सदस्यहरु सुमन राज प्याकुरेल, पुरुषोतम पौडेल र रामदयाल मण्डलले पनि अध्यक्ष केपीले सर्वसम्वत गराईदिन मद्दत गरे मधेश प्रदेशको अध्यक्ष हुने आकांक्षामा छन ।

त्यस वाहेक धनुषाकै संजिब कुमार झा, राजकिशोर यादव र शिव शंकर साह (हिरा) पनि अध्यक्षको प्रतिष्पर्धामा जोडिएको नाम हो ।

यस्तै विभिन्न नामहरु आईरहदा सवैले आफुलाई नै सर्ववम्मत अध्यक्षको रुपमा छोडिदिने पन्तको भनाई छ । पन्त एकपटक आफुलाई नेतृत्व गर्न दिएमा मधेश प्रदेशमा पार्टीलाई नमुना वनाएर छोड्ने दावी गर्नुहुन्छ ।

एमालेमा लामो समय माधव नेपालको समुहमा वसेर काम गरेको र पार्टी विभाजन पछि भने उहाँ एमालेमा नै रहनु भएको थियो ।
पन्त अहिले पार्टीको निर्बिबाद नेतृत्व केपि ओली रहनु भएको र बिचार बहुदलिय जनबाद भएकोले गुटउपगुटको चर्चा नै गलत भएको पन्तको कथन छ ।

एमालेले प्रतिनिधिसभाका ३२ मध्ये ९ सीट जितेर मधेश प्रदेशको पहिलो दल बनेको छ भने प्रदेशसभामा पनि एमाले २३ सीटसहित पहिलो दल छ ।

स्थानीयन तहमा पनि उल्लेख्य संख्यामा एमालेका जनप्रतिनिधि रहेका छन । मिसन ८४ भन्दै एमालेले आगामी निर्वाचनमा मधेशमा थप पकड जमाउने योजना वनाएको प्रष्ट देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !