२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीन नेपाल औद्योगिक पार्क अघि बढ्ने, भयो पीडीएको सम्झैता

प्रकाशित मिति :  ९ आश्विन २०८०, मंगलवार ०७:४७


झापा । चीन–नेपाल मैत्री औद्योगिक पार्क निर्माण छिट्टै अघि बढाउने सहमति भएको छ ।

तीन वर्षअघि शिलान्यास भएको उक्त औद्योगिक पार्क निर्माण थाल्न चाँडै परियोजना विकास सम्झौता (पीडीए) गर्ने सहमति नेपाल–चीनबीच भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जारी चीन भ्रमणका क्रममा उक्त सहमति भएको हो।

‘लगानी बोर्ड नेपाल र ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनीले पार्कलाई तीव्रता दिने र पीडीए सम्झौता छिट्टै गर्दै निर्माण सुरु गर्ने सहमति भएको छ’,

नेपालको सबैभन्दा ठूलो र दक्षिण एसियाकै नमुना भनिएको चीन–नेपाल मैत्री औद्यागिक पार्क तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।
पार्क चीनको महत्त्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने भनिएको छ ।

१६ असोज २०७६ मा लगानी बोर्डले चिनियाँ कम्पनीसँग पार्क निर्माणका लागि समझदारी पत्रमामा हस्ताक्षर गरेको थियो ।

लगानी बोर्डले ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सन कम्पनीलाई पार्कका लागि ६४ अर्ब रुपैयाँ भित्र्याउन स्वीकृति दिएको छ ।



प्रतिक्रिया दिनुहोस !