१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

युवा परिषदको आयोजनामा हेटौंडामा प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिम सम्पन्न

प्रकाशित मिति :  ६ आश्विन २०८०, शनिबार ०६:१७


काठमाडाैं । बागमती प्रदेश युवा परिषदको आयोजनामा आज हेटौंडामा प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिम भएको छ ।

प्रदेशका १३ जिल्लामा शिक्षा, स्वास्थ, कृषि, पशु र कम्पुटर प्राविधिक गरि ५ क्षेत्रका १३४ जाना कार्यरत छन्। संघीय सरकारको ससर्त कार्यक्रम अन्तर्गत ११९ र बाकी युबा परिषदको स्वयंसेवक कार्यक्रम अन्तर्गत १५ जाना रहेका छन्। स्थानीय तहको मागको आधारमा निर्बाह भत्ता लीने गरी स्वयंसेवक स्थानीय क्षेत्रमा खटिएका छन्। परिषद् मातहत रहेका स्वयंसेवक हरुले भर्खर मात्र विकराल रूपमा देखा परेको लम्पीस्किन रोग रोकथाममा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए।

कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवाहरुलाई कृषि क्षेत्रमा तालिम र रोजगारी दिन्ने बताउनुभयो । हरेक स्थानीय तहमा मोडलका रुपमा तालिम दिएर सिप सिकाउने र युवाहरुलाई बिदेश होइन स्वदेशमानै टिकाउने काम गर्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेशमा सरकारले खाद्यान्नमा आत्मनिर्भर बनाउन लागिएको बताउँदै उहाँले भन्नुभयो–‘समुदायमा आधारित कृषि उत्पादनमा जोड दिदै अनुदान पनि दिने र खाद्यान्नमा आत्म निर्भर बनाउने अभियानमा लागेका छौं ।’ अब कृषिमा व्यक्तिलाई अनुदान रकम दिने भन्दा पनि समुदायलाई हित हुने गरी दिइने बताउनुभयो । उत्पादन बृद्धीका लागि कृषि र पशु प्राबिधिकहरुको महत्वपूर्ण भूमिका हुने मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले युवा स्वयंसेवकका लागि सकेको सहयोग गर्ने बताउनुभयो । युवा स्वयंसेवकहरुले स्थानीय तहसंग समन्वय गरेर काम गरिरहेकोमा आफुखुसी रहेको बताउनुभयो । नामनै स्वयंसेवक रहेकाले त्यही अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवाहरुले आफ्ना क्षेत्रमा कामलाई महत्पूर्ण रुपमा गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । युवाहरुलाई राज्यले के दियो भन्दा पनि हामीले राज्यका लागि के दियौ भन्ने उदेस्यका साथ स्वयंसेवकहरुले काम गरेको बताउनुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिब भीस्मकुमार भुसालको आतिथ्यता रहेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !