१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजकीय सम्मानसाथ सुवास नेम्वाङको अन्त्येष्टि

प्रकाशित मिति :  २८ भाद्र २०८०, बिहीबार १०:१५


काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ ।

बिहीबार मध्यान्ह पशुपति आर्यघाटमा राजकीय सम्मानसाथ उहाँकाे अन्त्येष्टि गरिएकाे हाे । बालुवाटारस्थित घरबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर अन्त्येष्टि गरिएको हो ।

नेम्वाङलाई छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिनुभयाे । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले नेम्वाङलाई अन्तिम सलामी अर्पण गरेको थियो ।

त्यसअघि नेम्वाङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएकाे थियाे । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे झण्डा ओढाएर सम्मान गर्नुभयाे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !