१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देश आर्थिक समस्याबाट गुज्रिरहेकाे छ – अर्थमन्त्री महत

प्रकाशित मिति :  २२ भाद्र २०८०, शुक्रबार ०८:१३


काठमाडाैं । लगानी बाेर्ड नेपालकाे १२औं वार्षिक उत्सवकाे अवसरमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै अर्थमन्त्री महतले देश आर्थिक समस्याबाट गुज्रिरहेपनि राम्राे दिन आउने संकेत देखिएकाे बताउनुभयाे ।

‘हाम्राे देश आर्थिक समस्याबाट, विभिन्न कारणबाट गुज्रिरहेकाे छ, तर राम्राे दिन आउँदैछ, यसकाे राम्राे संकेतहरु देखा पर्न थालेका छन्, यसकाे मतलब हामी समस्यारहित भइसक्याे त्याे हाेइन, समस्याहरु छन्, तर ती समस्यालाई हटाउँदै आर्थिक वृद्धि बढाउने राम्राे अवसर अब सुरु हुन्छ र त्यसका संकेतहरु देखिएका छन्’- उहाँले भन्नुभयाे ।

विदेशी मुद्राकाे सञ्चिति राम्राे रहेकाे, पर्यटक आगमन वृद्धि भएकाे र त्यसले आर्थिक गतिविधि बढाउने, हाइड्राेपावरमा प्रगति भइरहेकाे र भारतसँग भएकाे १० हजार मेगावाटसम्म विद्युत खरिद गर्ने सम्झाैताले लगानीकर्तालाई सुनिश्चित बजार प्रदान गरेकाे अर्थमन्त्री महतले दाबी गर्नुभयाे । चीनसँग पनि जलविद्युतकाे क्षेत्रमा त्यस्तै खालकाे समझदारी हुने विश्वास उहाँले व्यक्त गर्नुभयाे । चीनसँग समझदारी भए हाइड्राेपावरकाे क्षेत्रमा प्रगति हुने समेत अर्थमन्त्री महतले बताउनुभयाे । जलविद्युत सँगै पर्यटन र आइटीमा सम्भावना रहेकाे समेत उहाँले बताउनुभयाे ।

सरकारले दिएकाे जिम्मेवारी बाेर्डले अझ प्रभावकारी ढंगबाट पूरा गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे । बढी भन्दा बढी लगानी नेपालमा भित्र्याउन बाेर्डले काेशिस गर्ने विश्वास पनि अर्थमन्त्री महतले व्यक्त गर्नुभयाे ।नेपालमा चाँडै लगानी सम्मेलन गर्ने जानकारी गराउँदै उहाँले भन्नुभयाे – ‘हामी चाँडै अब नेपालमा लगानी सम्मेलन गर्छाैं, त्यसका लागि तत्कालै यथेष्ट गृहकार्य सुरु गर्छाैं ।’

नेपालमा लगानीका लागि सुरक्षित वातावरण रहेकाे भन्दै अर्थमन्त्री महतले लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयाे । नेपालमा सञ्चालित डाबर, सूर्य, कोकाकोला जस्ता बहुराष्ट्रिय कम्पनीले राम्रो नाफा लिइरहेको उदाहरण दिँदै उहाँले लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको त्यसले पनि प्रष्ट पार्ने बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !