२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ग्वादरमा बीएलएको आक्रमण : ४ चिनियाँ नागरिक र ९ पाकिस्तानी सैनिककाे ज्यान गयाे

प्रकाशित मिति :  २९ श्रावण २०८०, सोमबार ०७:११


काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा चिनियाँ इन्जिनियर बोकेको सवारीमा आक्रमण भएको छ । आक्रमण परि ४ चिनियाँ नागरिक र ९ पाकिस्तानी सैनिकको ज्यान गएको छ ।

आक्रमण आइतबार ग्वादरको फकिर ब्रिजमा भएको थियो । यसको जिम्मेवारी बलुच लिबरेशन आर्मीले लिएको छ ।
जानकारी अनुसार ग्वादरको फकिर ब्रिजमा चिनियाँ इन्जिनियर बोकेका ७ वटा गाडीको लश्करमा आक्रमण भएको थियो । त्यसपछि दुवै पक्षबाट लगातार विस्फोट र गोलीबारी भइरहेको थियो । हमलापछि ग्वादर क्षेत्रलाई पूर्ण सतर्कतामा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !