२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

प्रकाशित मिति :  ७ श्रावण २०८०, आईतवार ०५:४४


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएकाे छ ।

राष्ट्र बैंकले आज मध्यान्ह माैद्रिक नीति सार्वजनिक गर्न लागेकाे हाे । त्यसअघि मौद्रिक नीतिबारे छलफल गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दैछ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीति सञ्चालक समितिकाे बैठकले पारित गरेपछि गभर्नरले सार्वजनिक गर्ने व्यवस्था छ । मौद्रिक नीति तर्जुमा कार्यविधि २०७३ ले आर्थिक वर्ष सुरू भएको एक साताभित्र मौद्रिक नीति ल्याउनु पर्ने व्यवस्था गरेकाे छ । सरकारले आर्थिक वर्ष २०८०-८१ का काे बजेट सार्वजनिक गरेको डेढ महिनापछि माैद्रिक नीति सार्वजनिक गर्न लागिएकाे हाे ।

साउन ४ गते बसेकाे प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धिअनुसार नै मौद्रिक नीति आउने बताउनुभएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !