५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतिय मिडियाकाे नेपालमा दादागिरी, अनुमति बिना नेपाल पस्दै थर्काउँदै

प्रकाशित मिति :  ३१ असार २०८०, आईतवार १२:०६


काठमाडाैं । काेशी प्रदेशमा भारतीय मिडियाकाे एक समूहले रिपाेर्टिङका नाममा ताण्डव देखाएकाे छ ।

अनुमति बिना नेपाल छिरेकाे साे समूहले नेपाली पत्रकार सोनु कुमार दासलाई समेत गालीगलाैच गरेकाे छ । केही दिन अघि मधेश प्रदेश र काेशी प्रदेशकाे सिमाना छुट्याउने काेशी नदीकाे काेशी ब्यारेज पुलबाट सामानसहितकाे ट्रक खसेकाे थियाे ।

त्यसकाे रिपाेर्टिङ गर्न भन्दै भारतीय मिडियाका केही रिपाेर्टर आएका थिए । उनीहरुले काेशी ब्यारेजलाई पृष्ठभूमिमा राख्दै नेपाली सुरक्षाकर्मीलाई ट्रक खस्दा तपाइँहरुलाई के हेरेर बस्नुभएकाे थियाे भन्दै बेतुककाे प्रश्न गरेका थिए ।

त्यसक्रममा न्यू लाइफ रफ्तारका नेपाली पत्रकार दासले तपाइँहरु कसकाे अनुमति लिएर नेपालमा रिपाेर्टिङ गर्न आएकाे भन्दै प्रश्न गरे । दासकाे प्रश्नकाे उत्तर भारतीय पुरुष पत्रकारले लचिलाे रुपमा प्रस्तुत भए । तर महिला पत्रकार भने अश्लिल शब्द बाेल्दै र संकेत गर्दै दासलाई गाली गलाैज गरिन् ।

बिना अनुमति नेपाली भूमिमा प्रवेश गरेर रिपाेर्टिङ गर्न नपाइने जानकारहरु बताउँछन् । यस विषयमा प्रशासन र सुरक्षाकर्मीले उचित कदम नचालेकाे भन्दै आलाेचना भइरहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !