५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सीताको निधन बन्यो देउवालाई बैठक सार्ने बहाना

प्रकाशित मिति :  २८ असार २०८०, बिहीबार ११:३५


काठमाडाैं । सीता दाहालको निधनमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पाँच दिनका लागि स्थगित गरिएकाे छ । सीताको निधनमा सबै दुःखी छन् तर दुःख मनाउने कांग्रेसको यो तरिकालाई अस्वाभाविक मानिएको छ । जबकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीताको निधनमा माओवादी केन्द्रीय कार्यालय भने दुई दिन मात्र बन्द रहनेछ । उता, कांग्रेसले भने सीताको निधन लगत्तै केन्द्रीय समिति बैठक पाँच दिनका लागि स्थगित गरेको छ । माओवादी केन्द्रले दुई दिन कार्यालय बन्द गरेर पार्टीको झण्डा आधा झुकाउने छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक बुधबारबाट सुरु हुनेवाला थियो । बुधबार बिहान सीताको निधनको खबर आएपछि कांग्रेस केन्द्रीय कार्यालयले बैठक पाँच दिन सारेको हो ।

सीताको निधनमा राजनीतिक दल, नेता तथा सर्वसाधारणले दुःख मनाउनु, शोक प्रकट गर्नु स्वाभाविक छ । तर, त्यही बहानामा पाँच दिन बैठक किन स्थगित गरियो ? कांग्रेसभित्र प्रश्न उठाइन थालेको छ । कतिपयले पाँच दिन बैठक स्थगित गर्नुलाई कांग्रेस सभापति शेरबहादुर देउवाको अस्वाभाविक प्रचण्डभक्ति मानेका छन् भने कतिपयले बहानावाजी भनेका छन् । सीताको निधन पछि शवयात्रा तथा दाहासंस्कारमा जानुपर्ने भएकाले एक दिनका लागि मात्र बैठक स्थगित हुनु स्वाभाविक हुन्थ्यो, तैपनि किन पाँच दिन स्थगित ? यस्तो प्रश्न उठाइँदै छ । केन्द्रीय समिति बैठकमा आफू र आफ्नी धर्मपत्नी आरजू राणा विरुद्ध प्रहार हुने देखेपछि सभापति देउवाले बैठक छल्ने बहाना खोजिरहनुभएको थियो । सीताको निधन देउवाका लागि बहाना बन्न पुगेको कैयनको भनाई छ ।

यद्यपी, कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको वक्तव्यमा भने सीताको निधनका कारण वैठक सारिएको भनिएको छैन । देउवा निकटहरुले भने सीताको निधनमा शोक मनाउन पाँच दिन बैठक स्थगित गरेको भनेर प्रचण्डलाई खबर लगेको बुझिन्छ ।

कांग्रेस केन्द्रीय समिति बैठक साउन २ गते मंगलबार बस्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस !