२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओलीको पालामा चीनसँग भएका अभूतपूर्व सम्झौता

प्रकाशित मिति :  २४ असार २०८०, आईतवार ०९:५४


काठमाडौं । नेपाल र चीनबीच सांस्कृतिक, भावनात्मक र व्यापारिक सम्बन्ध छ । सन् १९५५ अगस्ट १ मा दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएपछि अहिलेसम्म आइपुग्दा आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदानको विकासमा दुवैतर्फ उल्लेखनीय उपलब्धि हासिल भएको छ ।

चाहे विकास निर्माणका योजना हौन्, चाहे प्राकृति विपत्ति हरेक क्षेत्रमा चीनले नेपाललाई सहयोग गर्दै आइरहेको छ । कोभिड महामारीका बेला पनि चीनले नेपाललाई खोप लगायत स्वास्थ्य उपलब्ध गराएर सहजीकरण ग¥यो । नेपालले पनि चीनलाई मास्क लगायत सामग्री सहयोग गरेको थियो । नेपालमा चिनियाँ लगानीका कैयौं आयोजनाहरु छन् कोही निर्माण सम्पन्न भएका छन् त कोही हुने क्रममै छन् ।

केपी ओली दुई कार्यकालका लागि प्रधानमन्त्री हुँदा देशले विकास र समृद्धिमा केही फड्को मारेको थियो । केपी ओलीकै पालामा चीनसँग कैयौं महत्वपूर्ण र ए‍ेतिहासिक सम्झौता समेत भएका थिए । 

केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ सालमा नेपाल र चीनबीच ए‍ेतिहासिक पारबहन सम्झौता भएको थियो । सो सम्झौता भएपछि पारवहनमा भारतको एकाधिकार तोडिएको थियो । अर्थात चीनसँगको सम्झौताले तेस्रो मुलुकबाट हुने आयात निर्यातमा भारतसँगको निर्भरता अन्त्य भएको छ । जसअनुसार नेपालले चीनका विभिन्न बन्दरगाह प्रयोग गर्न पाएको छ ।

केपी ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण गर्नुभएको थियो । त्यसक्रममा विभिन्न २० वटा महत्वपूर्ण सहमति र सम्झौता भएका थिए । 

ती सहमति र सम्झौता यसप्रकार छन् :

१. सीमा व्यवस्थापन प्रणालीबारे नेपाल र जन गणतन्त्र चीनका सरकारहरुबीचको सम्झौता

२. शासन क्षमता अभिवृद्धिमा समन्वय तथा आदानप्रदान सम्बन्धी  नेपाल र जनगणतन्त्र चीनका सरकारहरु बीच एमओयू

३. अपराधिक विषयहरुमा पारस्परिक कानूनी सहायताबारे नेपाल र जनगणतन्त्र चीनबीचको सन्धि

४. नेपाल र चीनबीच सगरमाथा/झुमुलाङमा संरक्षण समन्वयबारे एमओयू

५. नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास आयोगबीच लगानी एवं उत्पादनशील क्षमताका प्रमुख आयोजनाहरु प्रबर्द्धन गर्ने सम्बन्धी एमओयू

६. छेङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्नका लागि एक्सचेन्ज अफ नोट

७. चीन–नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच एमओयू

८. काठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगीनी–शहरको सम्वन्ध स्थापना गर्ने सम्बन्धी समझदारी

९. नेपालको बुटबल उपमाहनगरपालिका शहर र चीनको सि’यन शहरबीच भगीनी–शहरको सम्बन्ध स्थापना गर्ने सम्बन्धी समझदारी

१०.नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्प्रागत चिनीया ओखतिको राष्ट्रिय प्रशासनबीच परम्परागत औषधिको समन्वय सम्बन्धी एमओयू

११. नेपालको गृह मन्त्रालय र चीनको आपत्कालीन व्यवस्था मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आप्तकालीन प्रतिक्रिया सम्वन्धमा एमओयू

१२. नेपालको महान्यायधिवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्यूरेटरबीच साझेदारीका विषयमा एमओयू

१३. नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्यूसियस इन्स्टिच्यूटबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्यूसियस इन्स्टिच्युट स्थापना गर्ने सम्वन्धमा सम्झौता

१४. नेपालको कृषि विभाग र चीनको भन्सार प्रशासनबीच नेपालबाट चीनमा अमिला फलको निर्यातका लागि वनश्पती स्वास्थ्यका मापदण्डहरुको प्रोटोकल

१५. व्यापारमा संयुक्त कार्य समुहको स्थापनाका विषयमा नेपालको उद्योग, वाणिजय र आपूर्ति मनत्रालय तथा चीनको वाणिज्य मन्त्रालयबीच एमओयू

१६. नेपालमा चीनको सहयोगमा निर्मित भूकम्प मापन संयन्त्रसम्वन्धी परियोजनाको हस्तान्तरण प्रमाणपत्र

१७ नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी समन्वय कार्यसमुहको स्थापना सम्वन्धी एमओयू

१८. नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास समन्वय एजेन्सीबीच सुरुङ निर्माणमा सहकार्य सम्वन्धमा एमओयू

१९. सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरणका लागि एक्सचेन्ज अफ लेटर

२०. नेपालको काठमाडौं उपत्यकामा चिनीया सहयोगका महानगर खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि माइन्यूट अफ मिटिङ ।



प्रतिक्रिया दिनुहोस !