३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चिनियाँ उपप्रधानमन्त्री र अमेरिकी अर्थमन्त्रीबीच भेटवार्ता, अमेरिकाले चीन माथि लगाएको प्रतिबन्ध खोलिने

प्रकाशित मिति :  २४ असार २०८०, आईतवार ०४:४८


काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले हिजो शनिबार बेइजिङमा अमेरिकी अर्थमन्त्री जेनेट येलेनसँग भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा दुई राष्ट्र प्रमुखबीच भएको महत्वपूर्ण सहमतिको कार्यान्वयनमा केन्द्रित भएको हो ।

भेटबार्तामा दुवै पक्षले दुई देशको आर्थिक तथा वित्तीय अवस्था कसरी माथि लैजान सकिन्छ भनेर कुरा भएको थियो ।
भेटवार्तामा विश्वका अर्थत्रन्त्रको बारेमा गहिरो, स्पष्ट र व्यावहारिक कुरा भएको थियो ।

राष्ट्रिय सुरक्षालाई बढुवा दिनुले सामान्य आर्थिक र व्यापारिक आदानप्रदानलाई फाइदा गर्दैन भन्ने कुरालाई ध्यानमा राख्दै चिनियाँ पक्षले अमेरिकाले चीनमाथि लगाएको प्रतिबन्ध र प्रतिबन्धप्रति चिन्ता व्यक्त पनि गरेको थियो ।

दुवै पक्ष विश्वव्यापी चुनौतिहरू सम्बोधन गर्न सञ्चार र सहयोगलाई सुदृढ गर्न र आदानप्रदान र अन्तरक्रियालाई निरन्तरता दिन सहमत भएका छन् ।

यो सँगै अमेरिकाले चीनमाथि लागाएको प्रतिवन्ध अब हट्ने भन्नेकुरामा दुबै देश विस्वस्त भएका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !