१८ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कुमारी बैंक लिमिटेड र NAS-IT बीच बैंकिङ्ग सेवा सम्बन्धि सम्झौता

प्रकाशित मिति :  १८ जेष्ठ २०८०, बिहीबार २३:५१


काठमाडाैं। देशभर उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रको विकास र प्रवर्धन गर्न स्थापित सूचना तथा प्रविधि सम्बद्ध संस्थाहरुको छाता संघ ल्भउब िब्ककयअष्बतष्यल ायच क्यातधबचभ बलम क्ष्त् क्भचखष्अभक ऋयmउबलथ ९ल्ब्क्(क्ष्त्) सँग बैंकिङ्ग सेवा सम्बन्धि सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार कुमारी बैंक लिमिटेडले ल्ब्क्(क्ष्त् मा आवद्ध कम्पनीहरुलाई सरलीकृत कर्जा लगायत अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपलब्ध गराउने छ । कुमारी बैंक लिमिटेडका वरिष्ठ उप—प्रमुख कार्यकारी अधिकृत श्री राम चन्द्र खनाल तथा ल्ब्क्(क्ष्त् का अध्यक्ष श्री रिचन श्रेष्ठद्वारा दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयोे ।
सूचना तथा प्रवधि क्षेत्रसँग आवद्ध भएका संस्थाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि गर्न सरलीकृत बैंकिङ्ग सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ । ल्ब्क्(क्ष्त् नेपालको सूचना तथा प्रविधि क्षेत्रमा कार्यरत संस्थाहरुको एकीकृत विकासका लागि सक्रिय रहँदै आएको छ ।
सूचना तथा प्रविधि क्षेत्रको विकास तथा प्रवर्धनकालागि बैंक तथा संघ बीच गरिएको उक्त सम्झौताले सूचना तथा प्रविधि क्षेत्रमा आवद्ध उद्दमी तथा संस्थाहरुमाझ थप उर्जा प्रदान गर्ने विश्वास जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, २९६ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !