५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सिंगटी हाइड्रोले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

प्रकाशित मिति :  १८ जेष्ठ २०८०, बिहीबार ०४:३०


काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल रहेको चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

बैठकले नियमनकारी निकायबाट सहमति प्राप्त भएपश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि हकप्रद सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

हकप्रद सेयर जारी गरेपछि अन्य जलविद्युत आयोजनामा लगानी गर्ने र ऋण चुक्ता गर्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !