११ असार २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

खडेरीको असर जङ्गली निगुरोमा पनि

प्रकाशित मिति :  ३० बैशाख २०८०, शनिबार ०४:४८


मोरङ । विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् ।

मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्वात्तै बढेको छ तर डढेलोलेको कारण जङ्गलमा सिला खोज्ने पनि अवस्था नरहेको बेलबारी–१० भाउन्नेका टेकबहादुर याखा बताउनुहुन्छ । याखा विगत पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गको चिसाङ खोला डिलमा निगुरो बेच्दै आउनुभएको छ । “यो साल समयमा पानी पर्न सकेन, अझै केही समय यस्तै हो भने यो साल निगुरो खान पाइन्छ जस्तो छैन”, याखा बताउनुहुन्छ । पथरी, कानेपोखरी, लेटाङ, भाउन्नेलगायतका सामुदायिक वनमा पाइने निगुरो टिप्न विगत वर्षहरुमा बिहानैदेखि साँझसम्म स्थानीयको जङ्गलमा भीडनै हुन्थ्यो । सयौ परिवारको गुजारा निगुरो टिपेरै चलाउने गरेको बेलबारी–११ का मेघराज बस्नेत बताउनुहुन्छ । उहाँ निगुरो टिपेर ल्याउनेसँग खरिद गरेर काठमाडाँै पठाउने गरेको बताउनुहुन्छ ।

मौसमले साथ दिने हो भने दैनिक दर्जनौँ गाडी निगुरो काठमाडौँ, पोखरालगायत सहरमा निर्यात हुन्छ तर यस विषयमा सरकारी निकायले नत कुनै तथ्याङ्क नै राखेको छ नत चासो नै । कृषि मन्त्रालय कोशी प्रदेशका प्रवक्ता पशुपति पोख्रेलका अनुसार हालसम्म मन्त्रालयमा निगुरो निर्यातको विषयमा कुनै पनि तथ्याङ्क नरहेको बताउनुभयो । व्यावसायिक हिसाबले किसानद्वारा उत्पादित वस्तुको मात्र मन्त्रालयले तथ्याङ्क राखेको तर जङ्गलमा आफँै उम्रिएको निगुरोको विषयमा कुनै पनि तथ्याङ्क नरहेको तर सामुदायिक वनले तथ्याङ्क राखेको हुनसक्ने प्रवक्ता पोख्रेल बताउनुहुन्छ ।

कृषिविज्ञ डा राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उनिउ प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र रोज्ने गरेको र त्यस क्षेत्रमा मात्र राम्ररी फस्टाउने गरेको बताउनुहुन्छ । समयमा पानी नपरेर जमिन सुक्खा हुँदै गएमा निगुरो मासिन सक्ने डा उप्रेती बताउनुहुन्छ ।

चैत दोस्रो हप्तादेखी जङ्गलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म टिप्न सकिने र जति टिप्यो त्यति राम्रो निगुरो पलाउने निगुरो व्यवसायी भद्रमाया भट्टराई बताउनुहुन्छ ।

उहाँका अनुसार केही वर्ष पहिले यसरी निगुरो काठमाडौँ निर्यात हुँदैन थियो र बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पु¥याउनुपथ्र्यो । “तर अहिले अरुले टिपेर ल्याएको हामिले सङ्कलन गर्छांै र हामीसँग काठमाडौँका व्यापारीले किनेर लैजान्छन्”, उहाँ भन्नुहुन्छ । जनसेवा सामुदायिक, कमलपुर सामुदायिक, सिंहदेवी सामुदायिक, सिर्जना र लक्ष्मी सामुदायिक वनमा दैनिक निगुरो टिप्न आउने धेरै भएकाले पनि यस क्षेत्र निगुरो सङ्कलन केन्द्रका रूपमा विकसित हुँदै गएको छ । विद्यालय तथा कलेजस्तरमा पढ्दै गरेका विद्यार्थीले समेत बिदाको समयमा निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !