१८ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कुमारी बैंककाे १४ लाख ९० हजार कित्ता शेयर बिक्रीमा

प्रकाशित मिति :  १९ बैशाख २०८०, मंगलवार ०७:२२


काठमाण्डो । कुमारी बैंकले १४ लाख ९० हजार कित्ता शेयर आज (वैशाख १९ गते)बाट बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर बिक्रीमा राखेको हो

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म तथा कम्पनी र संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ । बिक्रीमा राखिएको सो शेयरको न्यूनतम प्रतिकित्ता ११९ रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

बैंकका अनुसार बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

उक्त शेयर खरिदका लागि लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति जेठ २३ गतेसम्म तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !