नागरिक उन्मुक्तिले अन्य दललाई समर्थन नगर्ने
प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ०५:०६
![](https://i0.wp.com/www.risingsunkhabar.com/wp-content/uploads/2023/04/nagarik-unimukti-pati.jpg?fit=1000%2C500&ssl=1)
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।
सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र आज सोमवार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ । आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
–रासस
0
Shares