६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

प्रकाशित मिति :  ११ चैत्र २०७९, शनिबार ०४:३४


काठमाडौं । परीक्षा शुल्क भुक्तानी र जागिरको आवेदनका लागि ईपीएस दर्ताको सफल एकीकरण पछि, खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा थपेको छ ।

रोजगारीका लागि कोरिया जाने प्रक्रियामा रहेका प्रयोगकर्ताहरूले खल्तीबाट आफ्नो ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क तिर्न सक्नेछन् ।

नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त पहल हो ईपीएस कोरिया जस अन्तर्गत कोरियामा विदेशी कामदारहरूलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्नका लागि सरकारले ल्याएको प्रणाली हो ।

थप रूपमा, खल्ती जस्ता डिजिटल वालेट मार्फत भुक्तानी प्रणाली सुरु गर्दा प्रक्रियालाई थप सहज र समय बचत हुनेछ ।



प्रतिक्रिया दिनुहोस !