६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

४ लघुवित्तको वार्षिक साधारण सभा आज

प्रकाशित मिति :  ११ चैत्र २०७९, शनिबार ०४:३२


काठमाडौं । आज (चैत ११) गते ४ वटा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्दैछ । स्वरोजगार लघुवित्त, समता घरेलु लघुवित्त, स्वाभिमान लघुवित्त र आशा लघुवित्तको वार्षिक साधारण सभा आज बस्दैछ ।

स्वरोजगार लघुवित्त

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा आज अर्थात चैत ११ गते बस्दैछ । संस्थाको फागुन १७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे बस्दैछ ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आव २०७८।७९ को अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतबा वित्तीय विवरणमाथि छलफल गर्न प्रस्ताव लैजानेछ । साथै चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

स्वाभिमान लघुवित्त

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज अर्थात चैत्र ११ गते डार्सिज इन्टरनेशनल होटल, बुटवल रुपन्देहीमा बिहान ११ बजे बस्दैछ ।

सो सभाले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८÷७९को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्नेछ ।

आशा लघुवित्त

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज अर्थात चैत ११ गते बस्दैछ । संस्थाको फागुन १६गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत ११ गते, संस्थाको केन्द्रिय कार्यालय ककनी, नुवाकोटमा बस्दैछ ।

सभाले हाल कायम रहेको चुक्ता पुँजीको १४ दशमलव २८५७ प्रतिशत बोनश शेयर र ० दशमलव ७१४३ प्रतिशत नियमानुसार लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

सभाले संचालक समितिको आर्थिक वर्षको वित्तिय विवरणको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन लगायत नयाँ लेखापरिक्षक नियुक्त गर्ने प्रस्तावहरु रहेका छन् ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फागुन २६ गते बुुक क्लोज गर्ने भएकोले तसर्थ फागुन २५ गते सम्म कायम शेयरधनीहरुले लाभांश पाउने र सभामा उपस्थित हुन पाउनेछन् ।

समता घरेलु

काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा आज अर्थात चैत ११ गते बस्दैछ । संस्थाको फागुन १२ गतेका दिन बसेको संचालक समितिको बैंठकको निर्णयले सभा चैत १२ गते, हिमालयन दृश्य रिसोर्ट, धुलिखेलमा बिहान ११ बजे बस्दैछ ।

सभाले हाल कायम रहेको वितरण योग्य मुनाफाबाट कुल चुक्ता पुँजीको ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । साथै सभाले संचालक समितिबाट प्रस्तावित भएको हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव रहेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तावित आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, आर्थिक वर्षको लेखारिक्षणको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह वितरण गर्ने प्रस्ताव रहेको छ ।



प्रतिक्रिया दिनुहोस !