६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आरम्भ चौतारी लघुवित्तका शाखा प्रबन्धकले गरे आठ करोड हिनामिना

प्रकाशित मिति :  १० चैत्र २०७९, शुक्रबार ०८:५५


काठमाडौं । आरम्भ चौतारी लघुवित्तका शाखा प्रबन्धकले आठ करोड २२ लाख ६५ हजार पाँच सय ९७ रुपैयाँ हिनामिना गरेको उजुरी जिल्ला प्रहरी कार्यलय नुवाकोटमा दर्ता भएको छ ।
हिनामिना गरेर फरार भएका आरम्भ चौतारी लघुवित्तका शाखा प्रबन्धक विवश पाण्डेलाई प्रहरीले लुकिछिपि बसेको अबस्थामा काठमाडौंको महाराजगञ्जबाट प्रक्राउ गरेके छ ।

पाण्डेले तादी गाउँपालिका– ३ खरानीटारमा रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा शाखा प्रबन्धकको जिम्मेवारीमा रहेर काम गर्दा उक्त रकम हिनामिना गरेको पाइएकाे छ ।

पाण्डेले शाखा प्रबन्धकका रूपमा काम गर्दा किर्ते कागजात खडा गरी विभिन्न मितिमा रकम अपचलन गरेको पाइएकाे छ ।

लघुवित्तका तत्कालीन शाखा प्रबन्धक पाण्डेले संस्थामा आबद्ध सदस्यको विभिन्न मितिमा किर्ते कागजात खडा गरी संस्थाको नियमविपरीत अनधिकृत रूपमा रकम निकाल्ने, आफूमातहतका कर्मचारीलाई सबै जिम्मेवार म हुन्छु भनी प्रभावमा पारी झुक्याई उल्लेखित रकम अपलचन गरी बैंकिङ कसुर अपराध गरेको हुन् ।



प्रतिक्रिया दिनुहोस !