६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बीमा कम्पनीहरुको मर्जरलाई बलियाे बनाउनु पर्छः अध्यक्ष सिलवाल

प्रकाशित मिति :  १० चैत्र २०७९, शुक्रबार ०६:३५


काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुबीच भएको मर्जरलाई विश्वनियता र बलियो बनाउदै लाग्नु पर्ने बताएका छन् । साविकको सानिमा लाइफ र रिलायन्स लाइफबीच भएको एकीकृत कारोबार समारोहलाई संबोधन गर्दै उनले उक्त अभिव्यक्ति दिएका हुन् ।

‘अहिलेसम्म भएको बीमा कम्पनीहरुको मर्जरहरुमा ठुलो समस्या आएको छैन् । एक दुई वटा समस्याहरु त आउछन् नै । त्यसलाई समस्याको रुपमा हेर्नु भएन,’ उनले भने, ‘बीमा कम्पनीहरुको मर्जरलाई थप विश्वनियता सहित बलियो बनाउनु पर्छ ।’

यस्तै उनले बीमा कम्पनीहरुको मर्जर सबै कुराको उपचार नभएपनि धेरै कुराको उपचार भएको दाबी गरे । ‘मर्जर सबै कुराको उपचार त होइन, तर धेरै कुराको उपचार हो,’ उनले भने, ‘मर्जरले बीमा कम्पनीहरुको पूँजीसंगै क्षमता पनि बढ्दै गएको छ । हरेक विषयमा अनुसन्धान गर्न सक्ने भएको छ ।’

पूँजीको उपयोग हुने गरी अघि बढ्न निर्देशन दिदै अध्यक्ष सिलवालले त्यसको लागि सहयोग गर्न प्राधिकरण तयार रहेको बताए । मर्जरपछि बीमा कम्पनीहरुले खर्च कटौती गर्दै बीमितलाई दिने सुविधामा ध्यान दिनुपर्ने बताउदै नयाँ र इन्नोभेटिभ प्रोडक्स ल्याउनु पर्ने उनको भनाई छ ।

यस्तै उनले सरकारले अझै पनि बीमालाई नबुझेको आरोप लगाए । ‘सरकारले अझै पनि बीमा बुझ्न सकेको छैन् । प्राधिकरणले हरेक प्रदेश सरकार र केहि स्थानीय निकायकासम्म पुगेर बीमाको महत्व र आवस्यकता बुझाउने काम गरिरहेको छ,’ उनले भने, ‘बजेटमा बल्ल १८/२० वटा बीमा सम्बन्धी बुदाँ समेटिएको छ ।’

आगामी बजेटमा प्राधिकरणले धेरै भन्दा धेरै बीमाका विषयवस्तुलाई समेट्ने प्रयास गरिरहेको पनि जानकारी गराए ।

यसैगरी सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सका अध्यक्ष तारा चन्द्र केडियाले मर्जर पश्चात नयाँ इन्नोभेटिभ प्रोडक्क ल्याएर उत्कृष्टबाट सर्वोत्कृष्ट बन्ने लक्ष्य सहित अघि बढेको जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !