१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजीनामा दिएका रास्वपाका तीन मन्त्रीले पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति :  २३ माघ २०७९, सोमबार ०६:५६


काठमाडाैं । सरकारबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाउनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले पत्रकार सम्मेलन गर्न लाग्नुभएकाे हाे ।

सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामामा पत्रकार सम्मेलन आयोजना गरिएको रास्वपाले जनाएकाे छ ।

आइतबार दिउँसाे बसेकाे रास्वपाकाे केन्द्रीय समिति र संसदीय दलकाे संयुक्त बैठकले सरकारबाट बाहिरिने तर समर्थन फिर्ता नलिने निर्णय गरेकाे थियाे । बैठकलगत्तै सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्नुभएकाे थियाे ।

पार्टीकाे निर्णय अनुसार रास्वपाका दुई मन्त्री र एक जना राज्यान्त्रीले आइतबार साँझ नै प्रधानमन्त्री बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष राजीनाम बुझाउनुभएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !