१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अल्टिमेटम सकिन लाग्दा रास्वपाले बाेलायाे आकस्मिक वैठक

प्रकाशित मिति :  २१ माघ २०७९, शनिबार १४:२१


काठमाडौं । काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु र सांसद्हरुको संयुक्त वैठक आज राति आठ बजे राष्टिय स्वतन्त्र पार्टीले आकस्मिक रुपमा बोलाएको छ ।

गृह मन्त्रालयमा दावी निरन्तर राख्दै दुई दिने अल्टिमेटम सकिन लाग्दा बैठक बाेलाइएकाे हाे ।

केन्द्रीय कार्यालयमा आठ बजेभित्र अनिवार्य रुपमा उपस्थित हुन भनेर अध्यक्षजीले निर्देशन दिनुभएको छ, रास्वपाका एक केन्द्रीय सदस्यले बताउनुभयाे । उनका अनुसार महामन्त्री मुकुल ढकाल काठमाडौं बाहिर भएकाले उपस्थित हुने नहुने अनिश्चित छ । रातिको फ्लाइटबाट मुकुल पनि काठमाडौं आइपुग्ने सम्भावना रहेको बताइएको छ ।

रास्वपाले गृह मन्त्रालयमा दावी निरन्तर राख्दै दुई दिने अल्टिमेटम राखेको थियो । अल्टिमेटम आज सकिँदै छ । यो अवस्थामा आकस्मिक बैठक बोलाइएको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !