२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनेरास्ववियु आरआर सक्रिय बन्दै: क्याम्पस प्रशासनकाे ध्यानाकर्षण सहित विविध कमिटी गठनमा जाेड

प्रकाशित मिति :  १४ फाल्गुन २०७९, आईतवार १२:४३


काठमाडाैं । नेकपा एमाले निकट अनेरास्ववियु आरआर क्याम्पस कमिटीले क्याम्पस प्रशासनका काम छिटाे र छरिताे तरिकाबाट गरेर विद्यार्थीलाई सहजिकरण गर्दिनु पर्ने लगाएत १७ बुँदे माग सहित क्याम्पस प्रशासनकाे ध्यानाकर्षण गराएकाे छ ।

आइतबार आरआर क्याम्पस कमिटीका संयोजक लोकेश खड्काको नेतृत्वमा क्याम्पस प्रमुखलाई १७ बुँदेमागसहित ध्यानाकर्षण पत्र बुझाइएकाे हाे ।

क्याम्पस प्रमुख,सहायक क्याम्पस प्रमुख,कोर्डिनेटर,प्राध्यापक कर्मचारीहरू कार्यालय समयमा आफ्नो कार्यकक्षमा उपस्थित भइ प्रशासनिक कामकारबाहीलाई छिटो ,छरितो र सहज गरिनुपर्ने, आगामी शैक्षिक सत्र बाट मास्टर्स इन कम्प्युटर साइन्स एप्लिकेसनलाई समावेश गराउनका निम्ति क्याम्पस प्रशासनले आवश्यक तदारुकता देखाउनुपर्ने, इन्टरनेट पहुँचलाई व्यवस्थित गर्दै, ई-लाइब्रेरीलाई थप प्रभावकारी बनाउँदै,पुस्तकालय मा उपलब्ध भएका सम्पूर्ण पुस्तकहरूको विवरण ,पुस्तकालय सेवा सम्बन्धी सम्पूर्ण विषयहरू सहजै विद्यार्थी माझ सम्प्रेषण गर्न लाइब्रेरी बाहिर डिजिटल होर्डिङ बोर्ड को यथाशीघ्र व्यवस्था गर्नुपर्ने लगायतका माग सहित ध्यानाकर्षण गराइएकाे क्याम्पस कमिटीका संयाेजक खड्काले बताउनु भयाे ।

‘बिसिएअन्तर्गत प्रत्येक सेमेस्टरमा उत्कृष्ट नतिजा ल्याइ उत्तीर्ण हुने इमानदार ,मेहनती तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको अनिवार्य व्यवस्थापन गरिनुपर्ने र कक्षाकोठामा हुने फोहरमैलालाई उचित व्यवस्थापन गर्नका निम्ति प्रत्येक कक्षाकोठामा अनिवार्य डस्टविनको व्यवस्था गरिनुपर्ने’ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ- ‘पुरुष र महिला शौचालयको स्तरोन्नति गरी सरसफाइमा विशेष जोड दिनुपर्ने, महिला शौचालयमा स्यानिटरी प्याडको यथाशीघ्र व्यवस्थापन गरिनुपर्ने, आन्तरिक मूल्यांकनमा परीक्षालाई व्यवस्थित र प्रभावकारी बनाइनुपर्ने’

यस्ताे छ पुरा माग:
१) पुरुष /महिला शौचालयको स्तरोन्नति गरि सरसफाइमा विशेष जोड दिइनुपर्ने ।

(२) महिला शौचालयमा स्यानिटरि प्याडको यथाशीघ्र ब्यबस्थापन गरिनुपर्ने।

(३) संगीतका शिक्षक एवम विद्यार्थीहरुको मनोभावना बुझी आगामी शैक्षिक सत्र बाट MA in Music को निम्ति क्याम्पस प्रशासनले आवस्यक भुमिका खेलि जुनकुनै हालतमा पनि उक्त विषय समाबेश गराइ पढाई हुने वातावरण को निम्ति पहल गरिनुपर्ने !

(४) संगीत को कक्षामा आवस्यक अपुग बाध्यवाधन का सामाग्री हरु जस्तै हार्मोनियम ,तबला ,गितार को यथाशीघ्र ब्यबस्थापन गरि तबला बजाउने कार्यलाई सहज गर्न प्रयोग हुने पाउडर को तत्काल ब्यवस्था गरिनुपर्ने!

(५) क्याम्पस प्रमुख,सहायक क्याम्पस प्रमुख HoD/coordinator, प्राध्यापक कर्मचारीहरु कार्यालय समयमा आफ्नो कार्यकक्ष मा उपस्थित भइ प्रशासनिक कामकारबाही लाई छिटो ,छरितो र सहज गरिनुपर्ने।

(६) ईन्टरनेट पहुँच लाई ब्यबस्थित गर्दै , ई-लाइब्रेरिलाई थप प्रभावकारी बनाउदै,पुस्तकालय मा उपलब्ध भएका सम्पुर्ण पुस्तकहरुको विवरण ,पुस्तकालय सेवा सम्बन्धी सम्पुर्ण विषयहरु सहजै विद्यार्थी माझ सम्प्रेषण गर्न लाइब्रेरी बाहिर डिजिटल होर्डिङ बोर्ड को यथाशीघ्र व्यवस्था गरिनुपर्ने ।

(७) लाइब्रेरी ब्यबस्थापक सङको सरसल्लाह बमोजिम लाइब्रेरीलाई थप व्यबस्थित बनाउनका निम्ति सेक्युरिटी गार्डको अनिवार्य आवस्यकता देखिएकोले देखपालक(सेक्युरिटी गार्ड )को यथाशीघ्र ब्यबस्थापन गरिनुपर्ने।

(८) आगामी शैक्षिक सत्र बाट Master In computer Application (MCA) लाई समाबेश गराउनका निम्ति क्याम्पस प्रशासनले आवस्यक तदारुकता देखाउनु पर्ने ।

(९) BCA कम्प्युटर ल्यावमा ईन्टरनेट को सुबिधा प्रभावकारी बनाइ ,प्रयोगात्मक कार्यका निम्ति अत्यावश्यक पर्ने Opcodes सहित को Flex को यथाशीघ्र व्यबस्थापन गरिनुपर्ने !

(१०) फर्निचरहरको सुधार गरि ,कक्षा कोठाहरुमा जिर्ण रहेका सम्पुर्ण डेस्क बेन्च ,प्रोजेक्टर,पंखा ,बत्ति लाई मिलेसम्म मर्मत सम्भार गर्ने र रिप्लेस गर्न पर्ने छन भने यथाशीघ्र रिप्लेस गरि अध्ययन अध्यापनमा सहज गराइनुपर्ने।

(११) BCA अन्तरगत प्रत्येक सेमिस्टर मा उत्कृष्ट नतिजा ल्याइ उतिर्ण हुने इमानदार ,मेहनति तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको अनिवार्य व्यबस्थापन गरिनुपर्ने ।

(१२) कक्षाकोठामा हुने फोहोरमैलालाई उचित व्यबस्थापन गर्नका निम्ति प्रत्येक कक्षाकोठामा अनिवार्य डस्टविनको व्यबस्था गरिनुपर्ने।

(१३) अनलाइन कक्षाको कोटा वृद्धि गरि अनलाइन पढाईलाई प्रभावकारी बनाउन नियमित अनुगमन र खबरदारी गरिनुपर्ने ।

(१४) नयाँ भवनको निर्माण प्रक्रियालाई सप्पन्न गर्नका निमित्त क्याम्पस प्रशासनले आवस्यक पहलकदमि गरिनुपर्ने ।

(१५) आन्तरिक मुल्यांकन परिक्षा लाई व्यबस्थित र प्रभावकारी बनाइनुपर्ने।

(१६) क्याम्पस यथाशीघ्र शैक्षिक गुणस्तर वृद्धि का निम्ति University Grants Commission Nepal (UGC)ले जारि गरेको QAA System अन्तर्गत जानुपर्ने।

(१७) छात्रवृत्ति फाराम समयमै खोलिनुको साथै छात्रवृत्ति वितरण कार्यलाई झन्झटरहित र पुर्ण व्यबस्थित गराइनुपर्ने ।

आरआरमा अध्ययनरत,विद्यार्थीहरूले विभिन्न समस्या झेल्दै आएकाे र त्यसकाे समाधानका निम्ति अनेरास्ववियु नितान्त विद्यार्थी माझ रहेकाे बताउँदै संयोजक खड्काले विद्यार्थीका हरेक समस्या समाधानका लागि अनेरास्ववियुले पहल कदमी चाल्ने बताउनुभयाे ।

“विद्यार्थीले आर आरमा शैक्षिक, प्रशासनिक, भाैतिकजस्ता धेरै समस्याका बाबजुत आरआरमा अध्यायन गरिरहेका छन्” खड्काले भन्नुभयाे- “ति त्यस्ता समस्या समाधानका लागि अनेरास्ववियु सधैं अघि रहँदै आएकाे थियाे र रहिरहने छ । अनेरास्ववियु विद्यार्थीकाे सारथी हाे । त्यसैले सधैं विद्यार्थी माझ, विद्यार्थीका साथ र विद्यार्थीका समस्यासँग रहन्छ ।”

-दुई सिफ्ट कमिटी गठन-

अनेरास्ववियु क्याम्पस कमिटी क्याम्पसमा स्ववियु निर्वाचनलाई केन्द्रमा राखेर सक्रिय बन्दै गएकाे छ ।

क्याम्पस कमिटी संयाेजक लाेकेश खड्काकाे अध्यक्षतामा १७ बुँदे माग सहित कलेज प्रशासनकाे ध्यानाकर्षण मात्र गराएन आज मात्र क्याम्पस कमिटीले दुई सिफ्ट कमिटी समेत गठन गरेकाे छ ।

खड्काकाे अध्यक्षतामा आज बि.सि.ए पहिलाे र दाेस्राे सेमेस्टरका विद्यार्थी समेटेर क्याम्पसमा अध्यानरत एलेन परियारकाे नेतृत्वमा ३१ सदस्यीय सिफ्ट कमिटी गठन गर्नुका साथै आरआर क्याम्पसमा वर्ष २०७९ मा भर्ना भएर अध्यानरत स्नातक तह प्रथम वर्षकाे समेत सिफ्ट कमिटी गठन गरिएकाे छ ।

‘स्ववियु चुनावलाई लक्षित मात्र हाेइन, क्याम्पसका हरेक सिफ्ट र हरेक विद्यार्थीका समस्या र त्यसकाे समाधानका निम्ति हामी सबै विद्यार्थीमाझ पुग्ने गरि अघि बढेका छाैं’ संयाेजक खड्काले भन्नुभयाे-‘हरेक विद्यार्थीका समस्या अनेरास्ववियुकाे समस्या हाे । त्यसकाे समाधान मात्र अनेरास्ववियुले गर्न सक्छ । त्यसैले आरआर क्याम्पसमा अध्यानरत सम्पूर्ण विद्यार्थीहरु अनेरास्ववियुमा गाेलबद्ध हुन जरुरी छ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !