१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले निर्वाचित

प्रकाशित मिति :  ५ माघ २०७९, बिहीबार ११:००


काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले निर्वाचित हुनुभएकाे छ ।

बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा भएकाे मतदानबाट घिमिरे बहुमतसाथ सभामुखमा निर्वाचित हुनुभएकाे हाे ।

सत्ता गठबन्धनका साझा उम्मेदवार घिमिरेलाई एमालेसँगै माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसद् तथा ३ स्वतन्त्र सांसद्ले पनि मत दिएका छन् ।

बैठकमा कुल २ सय ६८ सांसद् उपस्थित भएकाेमा घिमिरेकाे पक्षमा १ सय ६७, विपक्षमा १०० र मत दिन्न भन्ने पक्षमा १ मत परेकाे ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले घाेषणा गर्नुभयाे । साे संख्या प्रतिनिधि सभामा कायम रहेका सदस्य संख्याकाे बहुमत भएकाले देवराज घिमिरेलाई प्रतिनिधि सभाकाे सभामुख पदमा निर्वाचित गरियाेस् भन्ने प्रस्ताव बहुमतले पारित भएकाे जबराले घाेषणा गर्नुभयाे ।

घिमिरेको प्रस्तावकमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनुहुन्थ्याे ।

मंसिर ४ गते सम्पन्न चुनावमा घिमिरे झापा-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । एमाले प्रदेश नम्बर-१ का इञ्चार्ज समेत रहनुभएका घिमिरे बाैद्धिक र सालिन नेता मानिनुहुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !