१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी प्रवेश

प्रकाशित मिति :  १४ पुष २०७९, बिहीबार ०४:५८


काठमाडाैं । सर्लाही क्षेत्र नम्बर-३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निवासमा बुधबार आयाेजित कार्यक्रममा कुशवाहा माओवादीमा प्रवेश गर्नुभएकाे हाे । प्रचण्डले कुशवाहालाई पार्टीमा स्वागत गर्नुभयाे ।

मंसिर ४ गते सम्पन्न चुनावमा कुशवाहा सर्लाही-३ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । याेसँगै मधेश प्रदेश सभामा माओवादी केन्द्रका सांसद्काे संख्या ९ पुगेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !