२९ भाद्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपति समक्ष प्रचण्डकाे प्रधानमन्त्रीमा दाबी

प्रकाशित मिति :  १० पुष २०७९, आईतवार १२:२४


काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहालले राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्नुभएको छ ।

आइतबार साँझ पाँच बजे सितलनिवास पुगेर प्रचण्डले प्रतिनिधि सभाका बहुमत सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रधानमन्त्री पदको दाबी प्रस्तुत गर्नुभएको हो ।

यस अघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बेसको राजनीतिक दलको बैठकले प्रचण्डलाई संयुक्त सरकारको प्रधानमन्त्रीको लागि राष्ट्रपति समक्ष सिफारिस गने निर्णय गरेको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतका पार्टी सहमत एका थिए । १ सय ६६ जना सांसदको सहमतिमा प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले बताउनुभयो । सरकार बनाउनको लागि प्रतिनिधि सभामा कम्तीमा १ सय ३८ सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रतिनिधि सभा निर्वाचनमा कुनै एउटा दलले बहुमत प्राप्त नगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत पुर्‍याउन सक्ने दुई वा सो भन्दा बढी दलको समर्थन भएका नेतालाई आइतबार साँझ पाँच बजेसम्म प्रधानमन्त्री दाबी गर्न आह्वान गर्नुभएको थियो ।

सोही अनुसार दलहरू बिच सहमति जुटेपछि प्रचण्ड प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपति निवास पुग्नुभएको हो । उहाँको साथमा एमाले अध्यक्ष केपी शर्मा ओली सहित उहाँलाई समर्थन गर्ने दलका नेताहरू समेत राष्ट्रपति निवास पुग्नुभएको थियो ।

राष्ट्रपति कार्यालयमा स्वतन्त्र चुनाव लड्नु भएका प्रभु साह लगायतका नेता पनि प्रचण्डको साथमा पुग्नुभएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !