१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओलीले आज झापाको धुलाबारी र दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

प्रकाशित मिति :  २ कार्तिक २०७९, बुधबार ०६:४७


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तन्दुरुस्त भइसक्नुभएको छ ।

मंगलबार काठमाडौंबाट झापा आउने क्रममा उहाँलाई समान्य रुघाको लक्षण देखिएको थियो । त्यसपछि चिकित्सकले उहाँलाई आराम गर्न सुझाएका थिए । सोही कारण मंगलबार अपरान्ह झापामा राखिएका कार्यक्रमहरुमा ओली सहभागी हुनुभएको थिएन ।

मंगलबार रातिबाटै ओलीले भेटघाट थाल्नुभएको बताइएको छ । अहिले अध्यक्षज्यू स्वस्थ्य र तन्दुरुस्त हुनुहुन्छ, अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

अध्यक्ष ओलीले मंगलबार राति विभिन्न भेटघाट गर्नुभएको बताइएको छ । उहाँले आज झापाको धुलाबारी र दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !