१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यी हुन् प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार (सूचीसहित)

प्रकाशित मिति :  २६ आश्विन २०७९, बुधबार ०५:०३


काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फका उम्मेदवारको सूची प्रकाशन गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारी दिएका उम्मेदवारकाे नामावली मंगलबार प्रकाशन गरेकाे हाे ।

उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले नामावली सार्वजनिक गरेको हो । आयाेगले १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवारको नामावली प्रकाशन गरेको गरेकाे हाे ।

प्रतिनिधि सभातर्फ २ हजार २ सय ९१ पुरुष र २ सय ३५ महिलासहित २ हजार ५ सय २६ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभातर्फ ३ हजार १ सय ७८ पुरुष, २ सय ९७ महिला र १ अन्य गरी ३ हजार ४ सय ७६ जनाको उम्मेवारी परेको आयोगले जनाएको छ । उम्मेदवारी दिएकामध्ये केहीकाे उम्मेदवारी खारेज समेत भएकाे छ ।

आयोगले बुधवार बिहान १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरेको छ । बुधवार दिउँसाे ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ४ देखि साँझ ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेकाे आयाेगले जनाएकाे छ ।

यी हुन् प्रतिनिधि सभातर्फका उम्मेदवार:
प्रतिनिधि-सभा

प्रदेश-सभा


0
Shares

प्रतिक्रिया दिनुहोस !