१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चर्चित माेटाेब्लगर मिनाक्षी दास नेपाल आउँदै, प्रेमगीत ३ टिमले स्वागत गर्ने

प्रकाशित मिति :  १२ आश्विन २०७९, बुधबार ०२:३४


काठमाडाैं । चर्चित भारतिय माेटाेब्लगर मिनाक्षी दासले नेपालकाे एकल बाइक यात्रा गर्नेहुनुभएकाे छ ।

माेटाेब्लगर मात्र नभइ महिला बाइकर्स,फिटनेस ट्रेनर र खाेजकर्ता समेत रहनुभएकाे दास भारतको पुर्वोत्तर असाम राज्यको राजधानी गौहाटीबाट आगामी १ अक्टोबर २०२२ देखि असम हुँदै २ तारिख अक्टोबरदेखि पूर्वीय नेपालको प्रवेशद्वार काकरभित्ताबाट एकल बाइक यात्रा गर्दै हुनुहुन्छ ।

उक्त यात्राको क्रममा दासले नेपालको हेटौंडा, मुग्लिन, पोखरा, जोमसोम, मुक्तिनाथ, मनाङ, मुस्ताङ हुँदै काठमाडौंको विभिन्न धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थानकाे अवलाेकन गर्दै नेपालीहरुको महान चाड बडादशैं तिहार सहित विविध जनजाति तथा नेपालमा मनाइने पर्व, संस्कार, संस्कृतिको नजीकबाट स्थलगत अध्ययन, निरीक्षण एवं प्रवर्द्धन गर्ने बताइएकाे छ ।

उहाँको नेपाल बाइक यात्राको उद्देश्य भारत-नेपाल बीचको पराम्परागत दिगो भातृ सम्बन्धलाई अझ प्रगाढ बनाउनु एवं नारी सशक्तीकरण माथि केन्द्रित रहेको छ । दासले एक अब्बल बाइकर्सको रूपमा आफ्नो पहिचान कायम राख्दै विभिन्न कीर्तिमान हासिल राखिसक्नु भएकाे छ ।

दासलाई हालै भारतको उपराष्ट्रपतिले आफ्नो निवासमा आमन्त्रण गरी सम्मानित समेत गर्नुभएकाे थियाे ।

काठमाडाैंकाे स्थलगत भ्रमण पश्चात काठमाडौं-सिन्धुलीबाट पुनः बर्दिबास र काकरभित्ता हुँदै १५ अक्टोबर २०२२ मा गौहाटी पुगेर भ्रमण कार्यक्रम टुंगिने छ ।

उनको यात्राको शुभारम्भ आशामका मुख्यमन्त्रीले गर्दै हुनुहुन्छ भने काठमाडौंमा चलचित्र ‘प्रेमगित ३’ टिम लगायतले स्वागत गर्ने कार्यक्रम रहेको चलचित्रका कार्यकारी निर्माता चक्रबहादुर चन्दले बताउनुभयाे ।

उक्त यात्राको क्रममा उहाँले चर्चित नेपाली फिल्म प्रेम गीत-३ को पनि प्रचार तथा प्रवर्द्धन गर्दै हुनुहुन्छ । उहाँलाई यात्राकाे क्रममा भारतमा आजादीको अमृत महोत्सव समिति कालेबुङ दार्जिलिङ जिल्ला एवं नेपालमा युथ फर सेवा र नेपालमा प्रेम गीत-३ चलचित्र टिमले स्वागत गर्ने छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !