१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

समाजवादीका केन्द्रीय सदस्य प्रकाश पाख्रिनसहितका नेताहरु एमालेमै फिर्ता

प्रकाशित मिति :  ५ आश्विन २०७९, बुधबार १३:४०


काठमाडौं । संविधानसभा सदस्य एवं एकीकृत समाजवादीका केन्द्रीय सदस्य प्रकाश पाख्रिनसहितका नेताहरु नेकपा एमालेमा फर्किनुभएकाे छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवासमा बुधबार आयाेजित एक कार्यक्रमबीच पाख्रिनसहित एकीकृत समाजवादी सर्लाही क्षेत्र नम्बर-१ का नेताहरु एमाले प्रवेश गर्नुभएकाे हाे ।

पाख्रिनसहित दनुवार महासंघका अध्यक्ष एवं एकीकृत समाजवादी सर्लाही जिल्ला कमिटी रुपनारायण सिंह, गुम्बा प्रबर्द्धन समितिका केन्द्रीय सदस्य एवं एकीकृत समाजवादी  सर्लाही जिल्ला कमिटी सदस्य विश्वकुमार लामासहितका नेताहरु एमाले प्रवेश गर्नुभएकाे हाे ।

एमाले अध्यक्ष ओली,महासचिव शंकर पाेखरेल,उपमहासचिव विष्णु रिमाल लगायत नेताहरुले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !