१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गठबन्धन सरकार जनताको भावना र पहल अनुसार बनेको हाे- प्रचण्ड

प्रकाशित मिति :  १ आश्विन २०७९, शनिबार १२:०२


काठमाडौं । प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार जनताको भावना र पहल अनुसार बनेको दाबी गर्नुभएको छ ।

शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै सडकमा लाखौँ जनताले घेरा हालेका, पूर्व न्यायाधीश र संसद् भित्रको बहुमतले पनि प्रतिनिधि सभा विगठन गलत हुन्छ भनेको र इजलासमा समेत बहुमत न्यायाधीश त्यसको पक्षमा रहेकाले परमादेश जारी भएको प्रचण्डले बताउनुभयो ।

राष्ट्रिय सभाको निर्वाचन, बार, पत्रकार महासंघ र स्थानीय तह निर्वाचनले गठबन्धनको जितको सन्देश दिएको उहाँले दाबी गर्नुभयो । एमाले अध्यक्ष केपी ओलीले मङ्सिर ४ मा हेरौला भनेको प्रति लक्षित गर्दै प्रचण्डले भन्नुभयो ‘ हामी पनि हेरौला, तपाईँ पनि हेर्नुहोला, जनताको फैसला हामी सबैले स्विकार्छौँ भनेकै छौँ, जनताको फैसला स्विकार्ने हो’, प्रचण्डले भन्नुभयो ।

प्रतिनिधि सभा पाँच वर्ष जसरी जानु पर्दथ्यो त्यसरी जान नसकेको उहाँले बताउनुभयो । भविष्यमा संविधान र लोकतन्त्रको मान्यता अनुसार संसद चल्न सकोस् भन्ने उहाँले शुभकामना व्यक्त गर्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !