१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गठबन्धन सरकारलाई जनताले जवाफ दिनेछन्- केपी ओली

प्रकाशित मिति :  १ आश्विन २०७९, शनिबार १२:००


काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार र गठबन्धनलाई मंसिर ४ गते जनताले जवाफ दिने बताउनुभएकाे छ ।

शनिबार बसेकाे प्रतिनिधि सभाकाे बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले भन्नुभयाे – ‘याे सरकार र गठबन्धनलाई मैले केही भन्न चाहान्नँ,नेपाली जनताले मंसिर ४ मा जवाफ दिनेछन् ।’

सरकारले संसद् र संसदीय मर्यादाकाे वास्ता नगरेर चल्ने काम गरेकाे भन्दै उहाँले लाेकतन्त्रलाई कमजाेर पार्ने खालका गतिविधि नगर्न सरकारलाई सचेत गराउनुभयाे । पछिल्लाे अवधिमा राज्यका सबै अंगहरु निष्प्रभावी अथवा आफ्ना लिकबाट पर हटेर चलिरहेका अध्यक्ष ओलीले बताउनुभयाे ।

सरकारलाई मंसिर ४ मा जनताले जवाफ दिएपनि अरु निकायलाई त्यसरी जवाफ दिन नसक्ने अध्यक्ष ओलीले बताउनुभयाे । यी सबै कुरा लाेकतन्त्रलाई प्रणालीलाई कमजाेर पार्ने खालका रहेका उहाँले बताउनुभयाे ।

अध्यक्ष ओलीले भन्नुभयाे – ‘यी सबै कुरा लाेकतन्त्रलाई कमजाेर पार्ने खालका यस प्रणालीलाई कमजाेर पार्ने खालका,संविधानकाे मर्म भावना र त्यसकाे वास्तविक कार्यान्वयन प्रतिकूल असर पार्ने खालका,राष्ट्रिय हित,जनहित,प्रणालीकाे जनहित भन्दा बढी आफ्ना निहीत स्वार्थलाई केन्द्रभागमा राखेर काम भए जसप्रति दु:ख व्यक्त गर्दछु ।’

सरकारले अहिले वाध्यताले चुनाव घाेषणा गरेकाे बताउँदै उहाँले भन्नुभयाे भन्नुभयाे – ‘अहिले त चुनाव घाेषणा गर्नैपर्‍याे नि, नत्र त चुनाव भनेकाे त गठबन्धनले सुन्ने नहुने कठै !’

स्थानीय तह चुनावमा सत्ताकाे चरम दुरुयाेग भएकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले -‘म सरकारलाई भन्न चाहान्छु लाेकतन्त्रभित्र लाेकतान्त्रिक मूल्य मान्यताभित्र त्यस्ता कुरा पर्दैनन् ।’

निर्वाचन आयाेगलाई सत्ता पक्षबाट लतारिएर नचल्न उहाँले चेतावनी दिनुभयाे । कसैले पनि सरकारी दमनमा पर्न नपराेस् भन्ने शुभकामना पनि अध्यक्ष ओलीले दिनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !