१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चुनावमा सरकारले आयाेगलाई सहयाेग गर्छ- प्रम देउवा

प्रकाशित मिति :  १ आश्विन २०७९, शनिबार ११:५७


काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेकाे बताउनुभएकाे छ ।

शनिबार बसेकाे प्रतिनिधि सभा बैठकलाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले निष्पक्ष चुनाव गराउन निर्वाचन आयाेगलाई सरकारकाे पूर्ण सहयाेग रहने बताउनुभयाे ।

प्रमुख प्रतिपक्षीले परमादेश भन्ने गरेकाे भन्दै उहाँले प्रतिनिधि सभा पनि परमादेशबाट आएकाे बताउनुभयाे । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै प्रधानमन्त्री देउवाले त्यसाे भन्नुभएकाे हाे ।

‘हुन त हाम्रो प्रतिपक्षी दलको नेताले अहिले परमादेशको सरकार भनेर भन्नुहुनेछ, यो संसद् पनि परमादेशबाट आएको हो जसले गर्दा हामीसँगै काम गर्न पाइरहेका छौँ, परमादेश नभएको भए हामी सँगसँगै बसेर काम गर्नै पाउँदैन थियौँ, ठूल्ठूला विधेयक पास गर्न सक्दैन थियौँ, परमादेशले हामीलाई भेट्न मौका दिएकाले न्यायालयले पनि न्याय गर्ने मैले महशुस गरेको छु’-उहाँकाे भनाइ छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !