१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

युवाको आक्रोस : महेश बस्नेत विरुद्धको भ्रम विदेशीको इसारामा

प्रकाशित मिति :  १५ भाद्र २०७९, बुधबार ०३:२८


काठमाडौं । माओवादी कार्यकर्ताले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत विरुद्ध भ्रम फैलाउने भिडियो सामाजिक सञ्जालमा राखेपछि युवाहरूले आक्रोश व्यक्त गरेका छन् ।

एकीकृत माओवादीको स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँडको क्रममा सिन्धुपाल्चोकको चौतारामा सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा र निवर्तमान नगरप्रमुख अमानसिं तामाङ पक्ष बिच भएको कुटाकुटको भिडियो सामाजिक सञ्जालमा राखी माओवादीका कार्यकर्ताले वाईसीएलले महेश बस्नेतलाई खेद्यो भन्दै भ्रम फैल्याएका छन् । सो काम विदेशीको इसारामा देश विरोधी शक्तिले गरेको युवाहरूको आरोप छ ।

यस कार्यमा दलीय व्यवस्था समाप्त पार्न युरोपेली युनियनसँग साँठगाँठ गर्ने तत्त्वहरू सक्रिय रहेको काठमाडौंका युवा मन्जीव क्षेत्री बताउनुहुन्छ । ‘स्वतन्त्र मेयरको नाममा चुनाव अगाडि देखावटी पपुलारिटीका लागि डोजर स्टन गर्दै काठमाडौं लगायत सहर केन्द्रित क्षेत्रमा पाँच/सात सिट स्वतन्त्र उम्मेदवार जिताउँदै दलीय व्यवस्था कोल्याप्स पार्न युरोपेली युनियनसँग साँठगाँठ गर्दै, मिसन सहित लागेका स्वतन्त्र एण्ड बालेन कम्पनीको विरोध गर्दा महेश बस्नेतले पार्टी निध्याउने भयो भन्ने पाखण्डीहरू देख्दा दया लागेर आउँछ’, उहाँ भन्नुहुन्छ ।

हिजो माधवकुमार नेपालको पालामा नेकपा एमालेलाई न पोथी न भाले भन्दै वाईसीएलले देश भरी आतङ्क सृजना गर्दा हत्केलामा ज्यानको बाजी लगाएर एमाले र देशलाई यो ठाउँसम्म ल्याइपुर्‍याउने महेश बस्नेत माथिको यो आक्रमण सुनियोजित आक्रमण भएको तेह्रथुमका युवा सागर पोखरेल बताउनुहुन्छ । ‘यसरी भ्रमको खेती गर्ने काम एमाले माथि आक्रमण गर्ने र नागरिकलाई भ्रमित पार्ने नियतले भएको हो’, पोखरेलले भन्नुभयो ।

एमाले भित्र पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओलीलाई बनाउनुपर्छ भन्ने पहिलो व्यक्ति महेश बस्नेत भएको झापाका खगेन्द्रराज आङ्दाङ्बेको भनाइ छ । ‘झलनाथ खनाल पार्टी महासचिव हुँदा अबको पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री केपी ओलीलाई बनाउनु पर्छ भनेर राष्ट्रिय युवा संघ नेपालको गुट गाउँ बैठकबाट निर्णय गराउँदै अभियान चलाउने व्यक्ति हो महेश बस्नेत, त्यसैले केपी ओलीका विरोधी शक्तिहरू महेश बस्नेत विरुद्ध खनिएका छन्’, उहाँले भन्नुभयो ।

केपी ओलीले संसद् विघटन गर्दा मैहुँ भन्ने नेता चुँक्क बोल्न नसकेको बेला संसद् विघटनको कदम ठिक छ भनेर देश दौडाहामा हिँडेर जनलहर सिर्जना गर्ने नेता महेश बस्नेत नै भएको युवाहरूले स्मरण गराउनुभएको छ । अहिले संसद् निरीह बनेको देख्दा उहाँको कदम ठिक थियो भन्ने कुरा प्रमाणित भएको उहाँहरुको भनाइ छ । त्यसैले उहाँको विरुद्ध भ्रामक प्रचार भइरहेको युवाहरूको ठहर छ ।

प्रचण्ड र माधवकुमार नेपालले एमाले र सूर्य चिन्ह कब्जा गर्न लाग्दा नेकपा एमाले दर्ता गरेर एमाले पार्टी र सूर्य चिन्ह जोगाउने व्यक्ति महेश बस्नेत नै भएको कुरा नबिर्सन पनि युवाहरूले आग्रह गर्नुभएको छ । महेश बस्नेतको हक्की स्वभाव र निडरपनबाट तर्सिएकाहरूले उहाँको विरुद्ध भ्रम फिँजाउने काम गरेका भन्दै युवाहरूले आक्रोस व्यक्त गरेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !