१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सबै मिलेर आए पनि एमाले एक्लै चुनाव लड्छ : महेश बस्नेत

प्रकाशित मिति :  १५ फाल्गुन २०७८, आईतवार ०६:१०


काठमाडौं । नेकपा एमालेका पोलिब्युरो सदस्य महेश बस्नेतले यस पटकको निर्वाचन माओवादी र माधव नेपालको पार्टीको लागि अन्तिम निर्वाचन हुने बताउनुभएको छ ।

नेकपा एमाले सुनारपानी–काठमाडौं सम्पर्क मञ्चको अधिवेशनलाई भक्तपुरमा सम्बोधन गर्दै नेता बस्नेतले नेकपा एमालेसँग लडेर चुनाव जित्न सकिँदैन भन्ने कुरा उहाँहरूलाई पहिला देखि नै थाहा भएको बताउनुभयो । ‘उहाँहरूको निम्ति एमाले अजङको पहाड बनेको छ’, कार्यक्रममा बोल्दै बस्नेतले भन्नुभयो ।

जनताको विश्वास लिएर सत्तामा पुग्न सकिँदै भन्ने थाहा भएर नै माओवादी अध्यक्ष प्रचण्डले जनयुद्धको नाममा कम्युष्टि कार्यकर्ता समेतको हत्या गर्दै सत्ता कब्जा गर्ने प्रयत्न गरेको उहाँले बताउनुभयो । त्यो सफल नभएपछि प्रचण्ड एमाले र सूर्य चिन्ह कब्जा गर्न आएकोमा त्यहाँ पनि असफल भएको उहाँको भनाइ छ ।

जनताबाट बहिष्कृत भएका पार्टी अदालतको परमादेशबाट सरकारमा पुगेको भन्दै उहाँले उनीहरूलाई जनताको बिचमा आउन चुनौती दिनुभयो । सबै मिलेर आए पनि एमाले एक्लै लड्ने उहाँले बताउनुभयो ।

एमालेलाई प्रतिगमनकारी भन्ने प्रचण्ड आज गिडगिडाउँदै केपी ओलीकोमा धाउन लागेको उहाँले बताउनुभयो । त्यस्तै प्रचण्डले धोका दिए भनेर शेरबहादुर देउवा पनि बालकोट धाउन बाध्य भएको उहाँले बताउनुभयो । एमालेलाई अलग गरेर देश चल्न नसक्ने कुरा प्रमाणित भएको उहाँले बत्ताउनुभयो ।

अधिवेशनले सम्पर्क मञ्चको अध्यक्षमा सुन्दर जङ्ग थापालाई सर्वसम्मत निर्वाचित गरेको छ । कमिटी ३१ सदस्सीय रहेको छ । कमिटीको उपसंयोजकमा डम्बरबहादुर कार्की र सचिवमा अरुण आचार्य निर्वाचित हुनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !