१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेद्वारा स्थानीय चुनावका लागि दल दर्ता

प्रकाशित मिति :  १३ फाल्गुन २०७८, शुक्रबार ०८:४९


काठमाडाैं । नेकपा एमालेले निर्वाचन आयाेगमा दल दर्ता गराएकाे छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे चुनावका लागि एमालेले शुक्रबार आयाेगकाे कार्यालय पुगेर दल दर्ता गराएकाे हाे ।

दल दर्ताका लागि महासचिव शंकर पोखरेलको नेतृत्वको टोली आयाेगकाे कार्यालय पुगेकाे थियाे ।

दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पाेखरेलले एमाले चुनावकाे तयारीमा जुटेकाे बताउनुभयाे । अहिले सरकार परिवर्तन गर्नुपर्ने पक्षमा आफूहरु नरेहेकाे पनि उहाँले बताउनुभयाे । संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसी लगायत विषयमा एमालेले आधिकारिक धारणा सार्वजनिक गराउने उहाँले बताउनुभयाे । सदनकाे अवराेध खुलाउन सभामुख अग्निप्रसाद सापकाेटाले मार्ग प्रशस्त गर्नुपर्ने उहाँकाे भनाइ छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !