२९ भाद्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देश डुब्दैछ-केपी ओली

प्रकाशित मिति :  २८ माघ २०७८, शुक्रबार १२:२६


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको छ– देश डुब्दैछ । नेपालको अर्थतन्त्र वर्तमान सरकारले रसातालमा पुराएको विष्लेशण गर्दै ओलीले ‘देश डुब्दैछ’ भन्ने ठहर गर्नुभएको हो । उहाँको अर्काे ठहर छ– देशमा लुटमार चलेको छ ।

नेकपा एमालेको स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको आज उद्घाटनमा बोल्दै अध्यक्ष ओलीले सुन तस्करी, रकम अपचलन बढेको, भन्सार छली बढेको बताउनुभयो ।

सरकारले दश वर्ष यताकै सबैभन्दा न्यून विन्दूमा अर्थतन्त्र पुराएको उहाँको भनाई थियो । तरलता अभाव भएको, व्यवसायको गतिशीलता मन्द भएको, आर्थिक वृद्धि रोकिएको भन्दै ओलीले चिन्ता व्यक्त गर्नुभयो । विकास खर्च महिनामा दस प्रतिशत गर्ने भनी वर्तमान सरकारले गफ दिएको बताउनुभयो ।

प्रदेशमा मन्त्रालय थपिनु उल्फाको धन फुपूको श्राद्ध भएको बताउनुभयो । देशमा लुटमार चलेको भन्दै ओलीले देशको अर्थतन्त्र अत्यन्त चिन्ताजनक भएको बताउनुभयो । चालु खर्च वृद्धि भएको, विकास खर्च हुनै नसकेको बताउनुभयो ।

‘सात महिना समय खेर गइसक्यो, अर्थतन्त्र नकारात्मक दिशामा गइसक्यो । सरकारले विकास साझेदारहरुको विश्वास गुमाएको छ’– ओलीले भन्नुभयो । विकास खर्च हुन नसक्नुलाई ओलीले निक्कै चिन्ताको विषय बताउनुभयो । ‘अर्थतन्त्रमा जुन उत्साह थियो, त्यो रहेन । विश्वले नेपाललाई उदाउँदो अर्थतन्त्र भनेर प्रशंसा गरेको थियो । ७ महिना बित्न नपाउँदै त्यो स्वर्ण युग हरायो, आशाको किरण हरायो, विश्वासको वातावरण हरायो, भयावह अवस्था छ ।’ ‘आर्थिक र राजनीतिक रुपमा सरकारले देशलाई ‘ब्ल्याक होल’ तर्फ धकेलिरहेको छ’– ओलीले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !