१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपाल

प्रकाशित मिति :  २६ माघ २०७८, बुधबार ०९:२८


काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपाल चयन हुनुभएकाे छ ।

पार्टीकाे नवाैँ जिल्ला अधिवेशनबाट नेपाल अध्यक्षमा चयन हुनुभएकाे हाे । जिल्ला अधिवेशन उद्घाटन भएकाे एक महिनापछि एमाले सिन्धुपाल्चाेकले नयाँ नेतृत्व पाएकाे हाे । अधिवेशनबाट उपाध्यक्षमा रामचन्द्र बस्नेत चयन हुनुभएकाे छ । सचिवमा बिस्णुमणी आचार्य चयन हुँदा उपसचिवद्वयमा सुशीला पाख्रिन र चिरन तामाङ चयन हुनुभएकाे छ ।

गत पुसमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि नेतृत्व छान्ने जिम्मा अध्यक्ष मण्डललाई दिइएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !