१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

निर्वाचनबाट सरकार पन्छिन मिल्दैन- पद्ममा अर्याल

प्रकाशित मिति :  २३ माघ २०७८, आईतवार ०८:३७


filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Night; cct_value: 0; AI_Scene: (200, -1); aec_lux: 307.43732; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

बागलुङ । नेकपा (एमाले)का सचिव पद्ममा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताउनुभएको हो ।

उहाँले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गर्नुभयो । ‘संविधान, कानुनले तोके अनुसार बेलैमा निर्वाचन हुनुपर्छ, स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहनसक्दैन, अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले गरेको छैन’, नेत्री अर्यालले भन्नुभयो ।

उहाँले संविधानको कार्यान्वयनमा कुनैपनि पक्षबाट आलटाल गरिए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो,  ‘संविधानअनुसार देश चल्ने हो, हामीले संविधानलाई चलाउने होइन ।’

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !