१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रदेश १ मा पनि मन्त्रालय फुटाउन सुरु, सातलाई १२ बनाइन्दै

प्रकाशित मिति :  १७ माघ २०७८, सोमबार ०७:३७


df]/ª, !^ df3 . k|b]z g+ ! d’VodGqL /fh]Gb|s’df/ /fO{sf] cWoIftfdf cfOtaf/ oxfF a;]sf] dlGqkl/ifb a}7sn] k|b]z /fhwfgLsf nflu k|zf;lgs ;+/rgfx¿ agfpg hUuf Joj:yfkgsf nflu sfo{ bn u7g u/]sf] 5 . t:jL/ M ;f}hGo M d’VodGqLsf] sfof{no, /f;;

काठमाडौं । पाँच दलीय गठबन्धन सत्ता जोगाउनकै लागि मन्त्रालय फुटाउने र राज्य कोषको व्यापक दुरुपयोग गर्न तल्लीन छ ।

गठबन्धनमा रहेका दललाई भागबण्डा पुर्‍याउन प्रदेश १ मा पनि मन्त्रालय फुटाउन सुरु गरिएको छ । प्रदेश १ सरकारले हाल कायम रहेका सात मन्त्रालयहरू फुटाएर १२ वटा बनाउन लागेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन गर्दै मन्त्रालय फुटाउन लागेको बुझिएको छ ।    प्रदेश १ मा सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाउने तयारी भएको छ ।

यस अघि गठबन्धन सरकार बनेपछि वाग्मती प्रदेशमा पनि मन्त्रालय फुटाएर मन्त्रीहरू भर्ती गरिएको थियो । मन्त्रालय फुटाएर मन्त्री राख्ने ठाउँ समेत नभएपछि एउटै घरमा पाँच वटासम्म मन्त्रालय राखिएको थियो ।

सत्ता जोगाउन र भागबण्डा पुर्‍याउन मन्त्रालय फटाउने निर्णयमा पुग्ने प्रदेश १ सरकार मात्र होइन । यस अघि गण्डकी, लुम्बिनी लगायतका प्रदेशमा पनि यो अभ्यास भइसकेको छ ।

आर्थिक मितव्ययिताको लागि मन्त्रालय खुम्च्याउनुको सट्टा एउटै मन्त्रालय फुटाउने र मन्त्रीको सङ्ख्या बढाउने होड देशव्यापी रूपमा सुरु भएको छ । यो केही व्यक्ति बाहेक न देशको हितमा छ, न जनताको हितमा छ । यो स्वयम् राजनीतिक दलको हितमा समेत छैन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !