२९ भाद्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ऋषिराम कट्टेल नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित

प्रकाशित मिति :  १६ माघ २०७८, आईतवार ०४:३९


काठमाडाैं । ऋषिराम कट्टेल नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित हुनुभएकाे छ ।

नेकपाले कट्टेललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी यही माघ १३ गते पार्टीबाट निष्कासित गरेको हो । कट्टेलले गत वर्ष फागुन २३ गते सर्वोच्च अदालतको उत्प्रेषण आदेशमार्फत केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा एकता बदर गरी नेपाल कम्युनिष्ट पार्टीको नाम फिर्ता ल्याउनु भएकाे थियाे ।

पार्टीका कार्यवाहक अध्यक्ष लोकनारायण सुवेदीका अनुसार पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको आरोप कट्टेलमाथि लागेकाे थियाे । त्यसबारे छानबिन गर्न माघ ५ गते छानविन समिति गठन गरिएको थियाे । साे छानविन समितिले माघ ७ गते कट्टेलसँग स्पष्टिकरण मागेको थियाे । कट्टेलले साे स्पष्टिकरणको जवाफ नदिएकाले उहाँलाई निष्कासन गरिएको सुवेदीले निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।

‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८, नेपाल कम्युनिस्ट पार्टीको विधान २०६९ को धारा १७.११ बमोजित दलको साधारण सदस्यसमेत सम्पूर्ण पद र जिम्मेवारीबाट छानविन समितिको सिफारिसबमोजिम आजैका मितिदेखि निष्कासन गरिएको व्यहोरा जानकारी गराइन्छ’-विज्ञप्तिमा लेखिएकाे छ ।

पार्टीले लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्ष तोकेको छ । उहाँ एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक समेत हुनुहुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !