१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै

प्रकाशित मिति :  १५ माघ २०७८, शनिबार ०८:०६


काठमाडौं । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक शनिबार दिउँसो बस्ने भएको छ ।

बैठक भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा दिउँसो ३ बजे बस्ने एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

रिजालका अनुसार आजको बैठकमा सरकारले स्थानीय तह निर्वाचन सार्नको लागि गरिरहेको षडयन्त्रको विरुद्धमा आफ्नो क्षेत्रबाट कसरी दबाब दिन सकिन्छ भन्ने विषयमा छलफल हुने छ । ‘यसलाई हाम्रो पार्टीले पूर्णपुरमा अस्वीकार गरेको छ, आआफ्नो ठाउँबाट दबाबमूलक कार्यक्रम सञ्चालनको कार्यक्रम बनाउने एजेण्डा रहेको छ’, रिजालले सनराइज खबरलाई भन्नुभयो ।

यसै गरी बैठकमा ड्राफ्ट भएको जनसंगठन सञ्चालन निर्देशिकाको बारेमा पनि छलफल हुने उहाँले जानकारी दिनुभयो । सो निर्देशिका तयार गरेको कार्यदलले आजको बैठकमा मस्यौदा प्रस्तुत गर्ने छ ।

एमालेको चितवनमा सम्पन्न १० औँ महाधिवेशन पछि जनसंगठन समन्वय संयन्त्र निर्माण भएको छ । भानुभक्त ढकालको नेतृत्वमा रहेको संयन्त्रमा पार्टीका २२ वटा जनसंगठन रहेका छन् । आजको बैठकमा सबै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष सहभागी हुनुहुने छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !