१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रियसभा सदस्य निर्वाचन: लुम्बिनी प्रदेशमा गठबन्धन विजयी

प्रकाशित मिति :  १२ माघ २०७८, बुधबार ११:५७


लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता युवराज शर्माले चार हजार तीन सय ४४, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरेले चार हजार तीन सय ७४ र जनमोर्चाको तर्फबाट दलित उम्मेद्वार तुलप्रसाद विश्वकर्माले चार हजार तीन सय ५६ भोट ल्याएर बिजयी हुनुभएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी गराउनुभयो ।

प्रतिपक्षी दल नेकपा (एमाले)बाट लुम्बिनीमा अन्यतर्फ दाङका रामदयाल गुप्ताले तीन हजार तीन सय ७८ मत ल्याउनुभएको छ, महिलातर्फ बाँकेकी भारती उपाध्याय खनालले तीन हजार तीन सय १२ र दलिततर्फ गुल्मीका कृष्ण सुनारले तीन हजार तीन सय ४८ मत ल्याउनुभएको छ ।

लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख दुई सय १५ गरी दुई सय ९६ मतदाता रहेकामा दुई सय ९४ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सांसदतर्फ ८१ जनाले नै मतदान गरेका छन् ।

स्थानीय तहतर्फ दुई सय १५ मध्ये दुई सय १३ जनाले मतदान गरेका छन् । राप्रपाबाट निर्वाचित नेपालगञ्जका मेयर धवल शमसेर राणा र एकजना राप्रपाकै मतदाता उपस्थित नभएको जनाइएको छ । मतदानका लागि प्रदेश सांसद र स्थानीय पालिकाको छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको थियो ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !